गुल्मी – गैर आवसिय नेपाली संघ (एनआरएन) डेनमार्कको सदस्यमा गुल्मीका रामप्रसाद अर्यालले उम्मेदवारी दिने भएका छन् । गुल्मीको मालिका गाउँपालिका वडा नं. ६ अर्जै स्थायी घर भएका अर्याल हाल रोजगारीका सिलसिलमा डेनमार्क छन् ।
आउँदो जुलाई १ गते निर्वाचिनमा उनले सदस्यमा उम्मेदवारी दिन लागेका हुन् ।नेपालमा रहँदा जय अम्बिका युवा क्लव अर्जै फुलबारीको अध्यक्ष, रोट्याक्ट क्लव अफ तिनाउ सिटीको पदाधिकारी सहित विभिन्न सामाजिक कार्यमा संलग्न भएका अर्याल विदेशमा पनि विभिन्न संघसंस्थामा आवद्ध छन् ।
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२