गुल्मी – नेपालकै एकमात्र लिचिगाउँ गुल्मी जिल्लाकाे रुरुक्षेत्र गाउँपालिका वडा न १ काे च्यूरेक गाउँका किसानहरुले लिचिकाे उचित मुल्य पाउन सकेका छैनन । याे वर्ष च्यूरेक गाउँमा अत्यधिक लिचि उत्पादन भएकाे छ र लिचिकाे मुल्यमा एकरुपता कायम हुन नसक्दा बिचौलियाहरु मालामाल भएका छन ।
च्यूरेकमा यतिबेला विचौलियाहरुले गाउँबाट सय रुपैयाँको सय गाेटा र किलाेमा खरिद गर्दा त्यहि लिचि साठीदेखि पचहत्तर रुपैया किलाेकाे हिसाबले खरिद गरिरहेका छन । यसरी खरिद गरिएकाे लिचिमा किलाेमा पचास दाना चढ्छ । तर खरिद कर्ताहरु लिचिकाे प्रतिगाेटा एक रुपैयाँका दरले खरिद गर्न बढि लालायित हुन्छन । प्रतिगाेटा एक रुपैयामा खरिद गर्दा विचौलियाहरुलाई धेरै नाफा हुने गरेकाे छ भने लिचि किलाेकाे हिसाबले खरिद गर्दा पनि नाफै छ ।
त्यहि लिचि नजिकैकाे रिडीबजारमा पुग्दा एकसय पचासदेखि एक सय असि रुपैयाँ किलाेसम्म बिक्रि हुने गरेकाे छ भने बुटवलमा पुगेको लिचिकाे मुल्य किलाेकाे दुई सय देखि दुईसय पचाससम्म पुग्छ जुन बिचौलियाले खरिद गरेकाे मुल्यकाे दुई सयदेखि तिन सय प्रतिशत बढि हाे ।
रुखमा लिचि पाकेपछि किसानहरुलाई कसरी लिचि बिक्री गर्ने चिन्ताले सताउँछ । पाकेकाे एक हप्तामा नबेच्ने हाे भने लिचि झर्ने, भेट्नाे कुहिने, अरिँगाल लाग्ने वर्षामासमा फल्ने सिजलन फल हुनाले लिचि पानी पर्न थालेपछि कुहिएर झर्न थाल्छ जसकाे कारणले किसान हरु कसरी बाेट रित्याउने तर्फ लाग्ने भन्ने साेँचाईमा लाग्छन । लिचिगाउँमा व्यवसायीक लिचि खेति गर्ने धेरै छन । परम्परागत खेति प्रणालीलाई त्यागेर लिचि खेति गरेका किसानहरुले उत्पादन गरेको लिचिमा उचित मुल्य नपाउँदा चिन्तित छन ।
“सिजनमा एकै पटकलिचि भरल्तै पाक्छ, पाकेपछि धेरैदिन राखे कुहिन्छ त्यसैले खरिदकर्ताले जति भन्याे उतिमा बेच्नुपर्ने बाध्यता छ” रुरुक्षेत्र गाउँपालिका वडा न १ च्यूरेकका ओम ज्ञवाली गुनासो सुनाउछन ।
याे वर्ष रुरुक्षेत्र गाउँपालिका वडा न १ काे पहलमा लिचिमा लाग्ने राेग, पहिचान र लिचि खेति प्रबर्द्धनका लागि प्रयास भएपनि बजारीकरणमा भने प्रयास भएकाे छैन ।”हामीले सकेसम्म आफुले चिनेका व्यापारीहरुलाई लिचि खरिदका लागि किसानकहाँ सम्पर्क गराएर लिचि बिक्रीकाे व्यवस्था गरेक छौँ तर सँस्थागत रुपमा लिचिकाे मुल्यमा एकरुपता र उचित मुल्यकाे व्यवस्थापन गर्न सकेका छैनौँ आगामी वर्ष देखि वडाकाे पहलमा उत्पादित लिचिलाई बजारिकरणकाे व्यवस्था मिलाउने पहल गरिने छ” रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडा सदस्य घनस्याम ज्ञवालीले भने ।
स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रममा एक गाउँ, एक उत्पादनकाे नीति ल्याएपनि जबसम्म उत्पादित वस्तुको बजार व्यवस्थापन हुन सक्दैन त्यति बेला सम्म किसानहरुले आफ्नो उत्पादनकाे उचित मुल्य पाउँदैनन र निरुत्साहित बन्न बाध्य हुन्छन ।