गुल्मी – गुल्मीको इस्मा गाउँपालिका-३, ठाढगाका ३० बर्षीय बिमल भन्ने राम बहादुर कुँवर क्षेत्र बुटवलबाट सम्पर्कविहिन भएका छन्।
उनले भारतको पुनेमा काम गर्थे । घर फर्किएका कुवंर चारदिन अघि बसपार्कमा पिसाब फेर्न निस्किएपछि सम्पर्क बिहिन भएको श्रीमती मनिषा क्षेत्रीले बताइन्।
रामबहादुर गत ११ गते दिउँसो साढे ३ बजे बसपार्कमा श्रीमतीसंग झरेपछि पिसाब फेर्न गए । १५ मिनेटसम्म नफर्किएपछि श्रीमती खोज्न गइन । तर, श्रीमान फेला परेनन् ।
मनिषा अत्तालिएर प्रहरीकोमा पुगिन । प्रहरीमा हुलियासहितको उजुरी दिइन् । राम बहादुर क्षयरोगको बिरामी छन् । उनी सहज रुपमा बोल्न र खानपिन गर्न सक्दैनन्।
सेतो सर्ट र पाइन्ट तथा हातमा घडि बाँधेका क्षेत्री कुवंर गौ-गोरो वर्णका छन् । राम बहादुरको प्रतिक्षा श्रीमती मनिषा र परिवार रहेका छन् ।
राम बहादुरको साथमा कुनै पनि पैसा नभएकाले फेला पार्ने महानुभावले नजिकैको प्रहरी वा फोन नं ९७६८३५५४०१ मा सम्पर्क राख्न मनिषाले आग्रह गरिन्।