बसन्त अधिकारी
गुल्मी- १०, मंसिर
मुसिकोट नगरपालिका ६ मा अवस्थित मालिका मन्दिरमा चिच्याएर वर मागे आटे सोचेको पूरा हुने आस्था रहेको स्थानिय को भनाइ छ ।
ढुंगाको कापबाट आएको पानीमा स्नान गरि चिक्याएर वरदान मागे पूरा हुने विस्वासका साथ हजारौ धर्मावलम्बीहरु धार्मिक आस्थाको धरोहर तथा पर्यटकिय स्थल कुर्घा मालिका मन्दिरमा वरदान माग्न आउने मुसिकोट ६ का स्थानिय समाजसेवी तथा व्यवसायी ज्ञानु सापकोटाले बताए ।
प्रत्यक वर्षको कार्तिक शुक्ल चतुर्दशी ( बैकुण्ठ पुर्णिमा) को दिन व्रत बसि शुक्ल पुर्णिामाको दिन पुजा आजा गरि वरदान मागेमा मागेको वरदान पूरा हुने र यसै दिन मन्दिरमा ठूलो मेला लाग्ने तर पुजा आजा भने हरेक दिन गर्न पाइने मन्दिर व्यबस्थापन समितिका अध्यक्ष प्रेम रायमाझीले बताए ।
मुसिकोट नगरपालिकाले यो क्षेत्रलाइ मुख्य धार्मिक क्षेत्रको रुपमा लिइ मंसिर १० गते आज सार्वजनिक बिदा समेत दिएको थियो साथै मुसिकोट नगरपालिका र मुल मन्दिर व्यवस्थापन समितिको आयोजनामा मंसिर ६ देखि १० गते सम्म नबौ मुसिकोट मालिमा महोत्सव २०८० कार्यक्रम मार्फत वडा स्तरिय खुल्ला भलिवल प्रतियोगिता, अन्तरवडा लोक गायन तथा नृत्य प्रतियोगिता ( लोक गायन तथा नृत्य/लोक भजन/मारुनी सोरठी नृत्य ) विभिन्न झाकि राष्ट्रिय कलाकारहरुको प्रस्तुती तथा बृहत सास्कृतिक कार्यक्रम आज समेत सम्पन्न गरेको छ ।
कार्यक्रममा खेलाडी तथा कलाकार समेत सम्मान गरिएको मन्दिर व्यस्थापन समितिको सचिव रामु गौतमले बताएका छन ।
भलिबल विधा तर्फ A4R, गुन्धारा विजेता र नमस्ते मालिका होटल प्रा. लि. उपविजेता बनेको र लोक गित नृत्यतर्फ मुसिकोट वडा न ६ समूह प्रथम, मालिका युवा क्लब द्दितिय र श्री नेपाल सर्वोदय माध्यमिक बिद्यालय तृतिय भएको खेलकुद बिकास समिति मुसिकोटका अध्यक्ष सन्दिप खत्रीले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जीवन खरेलले हाम्रा धार्मिक पुरातात्त्विक तथा सास्कृतिक महत्व बोकेका सम्पदा जगेर्ना गर्न आफुले पहल गरिरहेको बताउदै मुसिकोटकै महत्व बोकेको एतिहासिक तथा धार्मिक स्थल र नगरकै महत्वपूर्ण मेला भएकोले आजको दिन नगरपालिका बिदा समेत गरिएको बताउनु भयो ।
समापन कार्यक्रम मन्दिर व्यवस्थापन समिती अध्यक्ष प्रेम बहादुर रायमाझीको अध्यक्षता, नगरप्रमुख जीवन खरेलको प्रमुख आथित्यता र समाजसेवी गोपाल रायमाझी र चिन्तामणी चालिसेको संचालनमा सम्पन्न भएको सचिब रामु गौतमले बताए ।