गुल्मी/ पछिल्लो समयमा मुसिकोटमा क्लबहरुले खेलकुद, जनस्वास्थ्य तथा संस्कृती जोगाउने कार्यमा सक्रिय हुँदै गैरहेका छन ।
मुसिकोट नगरपालिकाको समग्र क्लब मुसिकोट युवा क्लबको सक्रिय अभियान सङै यहाँका अन्य क्लबहरु पनि साथमा साथ दिदै विभिन्न अभियानमा अग्रसर भएको मुसिकोट युवा क्लबका महासचिव बिष्णु प्रसाद आचार्य “चकित” ले बताउनु भयो ।
” मुसिकोटको शान जनसेवाको योगदान, खेलकुद तथा संस्कृती जोगाउने हाम्रो अभियान” भन्ने मुल नाराका साथ मुसिकोट ४ दाहाचौरमा अवस्थित शिवशक्ती युवा क्लबले यहि माघ ३ देखि ६ सम्म खुल्ला पालिका वडा स्तरीय पुरुष भलिवल तथा विविध सास्कृतिक कार्यक्रमको विवरण सार्वजनिक गरेको छ ।
भलिवल तर्फ प्रथम पुरस्कार रु ५५, ५५५ मेडल र प्रमाणपत्र, द्दितिय पुरस्कार ३५,५५५ मेडल र प्रमाणपत्र साथै सेमीफाइनलमा प्रवेश गर्ने टिमलाइ ५,००० मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक लिल बहादुर अधिकारीले बताउनु भयो ।
नेपालको राष्ट्रिय खेल भलिवल प्रती युवाहरुको रुचि जगाउने र खेललाइ प्रमोसन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष बाबुराम अधिकारीले बताउनु भयो ।
कार्यक्रमको समापन सत्र माघ ६ गतेका दिन राष्ट्रिय कलाकारहरु लोक तथा दोहोरी गायिका सम्झना रणपाल साथै लोक दोहोरी गायक बिष्णु सिंजाली र स्थानिय कलाकरहरुको भब्य प्रस्तुती समेत रहने आयोजकले जनाएको छ ।
हामी सबै मिलेर कार्यक्रम सफल बनाउनु पर्ने भएकोले भौतिक नैतिक तथा आर्थिक सहयोग गर्न समेत अपिल गरिएको छ ।