गुल्मी: मुसिकोट नगरपालिक-३, गुल्मीले उपहार सहित घर घरमा गएर जेष्ट नागरिक सम्मान गरेको छ ।
वडाको जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्त्रर्गत वडामा रहेका ८० वर्ष भन्दा माथिका २० जना जेष्ठ नागरिकलाई घरमै गएर थर्मस, फलफुल तथा मायाको चिनोले सम्मान गरिएको मुसिकोट वडा न ३ का वडा अध्यक्ष शंकर बहादुर रायमाझीले बताउनु भयो ।
विगतका वर्षमा वडा कार्यालयमा जेष्ठ नागरिकलाई बोलाएर सम्मान गर्ने गरिएको तर वृद्ध आमाबुबालाई सास्ती भएकोले यो वर्ष घरमै गएर सम्मान गर्ने कार्यक्रम बनाईएको वडा सदस्य थम्मन बहादुर घिमिरेले बताउनु भयो ।
“वृद्ध आमाबुवाको त्यो माया सत्कार र सुझावले काममा थप हौसला बढेको हरेक नागरिकको घरमा पुग्दा आफुलाई छुट्टै गौरव महशुस भएको छ सम्मानका लागि फिल्डमा खटिनुभएका वडा सदस्य मनभुजा विष्वकर्मा खुसी व्यक्त गर्दै भन्नुभयो ।
वडा भित्रका नर बहादुर घिमिरे क्षेत्री, भिम बहादुर कार्की, पृथ्वी बहादुर थापा, लिला कुमारी सुनार, पहले कामी, केरे कामी, पेउली टोमटा, कमाने टोमटा, रोमाकान्त रिज्याल, तारा बहादुर सुनार, गोकर्णराज घिमिरे, गङगादेवी घिमिरे, गङगादेवी घिमिरे, फुल कुमारी कार्की, चन कुमारी अधिकारी, लाल बहादुर अधिकारी, साबित्रा कुमारी अधिकारी, बेल बहादुर अधिकारी, पदम कुमारी शाही र लाल बहादुर रायमाझी जेष्ठ नागरिकलाई जनप्रतिनिधि, वडाको कर्मचारी तथा पत्रकार सहित माघ २१ गते बिदाको दिन पारेर घरमै गई सम्मान गरिएको वडा सचिव उर्मिला कटुवालले बताउनु भयो ।
वडा भित्र रहेका २० जना जेष्ठ नागरिकलाई गत वर्ष सम्मान गरिएको र यो वर्ष पनि २० जना नागरिकलाई सम्मान गरिएको छ, उहाँकै घर घरमा गएर सम्मान गर्दा वृद्ध आमाबुबा खुसी हुनुभएको थियो भने वृद्ध आमाबुवा र त्यो क्षेत्रका नागरिकले जनप्रतिनिधिलाई सुझाव तथा गुनासो समेत राख्न पाएकोमा खुसी देखिन्थे ।
धेरै आमाबुबाको आशिर्वाद तथा सुझाव लिएको र त्यो सुझाब अनुसार काम गर्ने वडा अध्यक्ष शंकर बहादुर रायमाझीले छड्के सङको संवादमा बताउनु भयो ।भिडियो सहित