बिष्णु प्रसाद आचार्य (चकित), गुल्मी: गुणस्तरीय अङ्ग्रेजी माध्यम तथा अतिरिक्त क्रियाकलापमा आफ्नो छुट्टै पहिचान जमाउन सफल मुसिकोट-०३, ठुलापोखरामा अवस्थित बडागाउ ज्ञानकुन्ज ईङगलिस बोर्डिङ स्कुलले श्रीपन्चमीको अवसरमा भब्य शैक्षिक तथा सास्कृतिक कार्यक्रम गर्ने भएको छ ।
श्रीपन्चमीको अवसरमा सरस्वती पूजाको साथै कक्षा नर्सरी देखि एक सम्मको वार्षिक परिक्षाको परिक्षाफल प्रकाशन, एकल रेकर्ड डान्स प्रतियोगिता, विद्यार्थीले बनाएका शैक्षिक सामाग्री प्रर्दशन, शिक्षक अभिभावक मैत्रीपुर्ण कुर्चिदौड बच्चाले आफुले जानेका अन्तरनिहित प्रतिभा प्रर्दशन र कलाकारहरुको प्रस्तुति समेत राखिएको छ, कलाकाहरु लोक गायक कमल बराल लोक गायिका धनमाया राना लगाएत स्थानिय कलाकारहरुको प्रस्तुती रहने अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक भिम कार्कीले बताउनु भयो ।
प्रतिभाको कदरका लागि खुल्ला रेकर्ड डान्स प्रतियोगिता गरिने जसको प्रथम पुरस्कार रु ३०००/- मेडल र प्रमाणपत्र द्दितिय पुरस्कार रु २०००/- मेडल, प्रमाणपत्र तृतिय पुरस्कार रु १०००/- मेडल र प्रमाणपत्र दर्ता शुल्क निशुल्क रहेको आयोजकले बताएको छ ।
पढाईका अलवा अतिरिक्त ब्यबहारिक सीप समेत दिदै आएको यो स्कुल २०६५ सालमा औपचारिक दर्ता भई शै. व. २०६६ बाट साना नानिबाबुहरुलाई अङ्ग्रेजी माध्यमबाट पढाइ गराउदै आएको छ । यहाँ बाट उत्पादिक विद्यार्थीहरु देशका उच्छ ओदाहा उपसचिव, अफिसर, सुरक्षाका अफिसर भारतीय शैनिक, बेलायती शैनिकमा कार्यरत छ्न भने धेरैजसो अमेरिका, अस्ट्रेलिया, क्यानडा तथा अन्य बिकसित मुलुकमा पढनको लागि गई आफुलाई उग्र स्थानमा उभ्याउन सफल भएको स्कुलका प्रध्यानध्यापक वसन्त अधिकारीले बताउनु भयो ।
हामीले उत्पादन गरेका विद्यार्थीले जहाँ गयो तेहि टपेका छ्न नजिकै पृथ्वी मावी, मुसिकोट मावी त टप्छ्न टप्छ्न बुटवलका कालिका, होराईजन, तिलोत्तमा लगाएत प्रख्यात स्कुलमा पनि टपिरहेका छ्न साथै स्टाफ नर्स, ईन्जिनियर, डाक्टर लगाएत पदमा पनि छात्रवृत्तिमा नाम निकालि पढिरहेका छ्न त्यसैले म आफुले जति दुख पाएपनी बच्चाको भविष्य बनाउन पाएकोमा धेरै खुसी छु नेशनल प्याब्सन गुल्मीका उप सचिब समेत रहेका प्रध्यानध्यापक बसन्त अधिकारीले बताउनु भयो ।
विद्यालय संचालन गरेर यहाँको बसाइँसराइलाई केही हदसम्म भएपनी रोक्न सफल भएको र मुसिकोटका १२ जना युवा साथीहरुलाई रोजगार दिन सकेको छु राज्यको थोरै भएपनी भार आफुले थेगेकोमा गर्व लाग्छ तर स्थानिय तहले हामीलाई कुनै सहयोग गरेको छैन हाम्रो योगदानको कुनै कदर छैन दुख लाग्छ भावुक हुँदै बताउनु भयो ।
साना साना बच्चाले गाउँमै बसेर अङ्ग्रेजी शिक्षा लिन पाएको र हरेक कुरामा स्कुलका शिक्षक अग्रसर भई बच्चालाई सिकाउदा आफ्ना बच्चालाई ज्ञानकुन्जमा पढाएकोमा गर्व लाग्छ म जापानमा भएपनी मेरो घरका ५ जना बच्चा राम्रोसँग तेहा पढेका छ्न त्यसैले बजार तिर लैजाने सोच छैन अभिभावक मिना कार्कीले खुसी हुँदै जापानबाट फोन सम्प्रकमा हामीलाई बताउनु भयो ।
ज्ञानकुन्ज स्कुल अरु भन्दा धेरै फरक छ यहाँका शिक्षकलाई नियुक्ति हुनु भन्दा पहिले १५ दिन सम्म स्कुलको नियम, पढाउने र बच्चालाई ख्याल गर्ने तरिका सिकाईन्छ १५ दिनको परिक्षणकाल पास गरेपछी मात्र नियुक्ति दिईन्छ त्यसैले यहाँ आउने शिक्षक बालमैत्री, मिहिनेती र नयाँ कुराको खोज गर्ने खालका छ्न बच्चालाई नयाँ कुरा सिकाउनु नै यहाँको मुख्य विषेशता हो संचालक समिती अध्यक्ष पृथ्वी बहादुर थापाले बताउनु भयो ।
हरेक वर्ष चैत्र महिनाको अन्तिम हप्ता आफ्नो वार्षिकोत्सब फरक तरिकाले भब्य रुपमा गर्दै आएको बडागाउ ज्ञानकुन्ज बोर्डिङ स्कुलले यस वर्ष चैत्र २३ र २४ गते भब्य वार्षिकोत्सब गर्ने संचालक समिती सदस्य हुतानन्द घिमिरेले बताउनु भयो ।