मुसिकोट: राष्ट्र व्यापी अभियानका रुपमा बालबालिका लागि फाल्गुण १३ देखि चैत्र ७ गते सम्मको १ महिने रुबेला दादुरा विरुद्धको खोप संचालित अभियान अन्तरगत मुसिकोटमा फाल्गुण १६ देखि १८ सम्म खोप लगाईने भएको छ ।
९ महिना देखि ५ वर्षसम्मका बच्चालाई दादुरा रुबेला विरुद्दको खोप दिईने र साविकका खोप केन्द्रमा खोप संचालन हुने मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिबि जि.सी. ले बताउनु भयो ।
मुसिकोट नगरपालिकाका ९ वटै वडामा एकैसाथ खोप दिन लागिएको खोप लगाईने समयको जानकारी वडा कार्यालय, खोप समिती, स्वास्थ्य चौकी, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाबाट लिन सकिने बताईएको छ ।
l
खोपको लागि नगरभरिका महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरु खटिएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।