बसन्त अधिकारी , गुल्मी
मुसिकोटको प्रसिद्ध पर्यटकीय स्थल मालारानी स्थापित ताराखसे युवा क्लब मुसिकोट नगरपालिका ८ मालारानी गुल्मीले खुल्ला महिला तथा पुरुष भलिबल एवम् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
“विकास अनुशासन, गतिशीलता आजको आवश्यकता, समाज परिर्वतन हाम्रो प्रतिवद्धता” भन्ने उद्देश्यका साथ अघि बढिरहेको ताराखसे युवा क्लबको १२ औँ वार्षिकोत्सवको अवसरमा कार्यक्रमको आयोजना गरेको हो । आगामी चैत्र २६ देखी २९ सम्म विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष राम बोहराले जानकारी दिनुभयो ।
पुरुष भलिबल प्रतियोगिता तर्फ प्रथम पुरस्कार ५० हजार कप मेडल र प्रमाणपत्र, द्धितिय पुरस्कार ३५ हजार कप मेडल र प्रमाणपत्र, तृतिय पुरस्कार २५ हजार कप, द्धितिय मेडल रहेको छ ।
त्यसै गरि महिला भलिवल तर्फ प्रथम पुरस्कार २५ हजार कप मेडल र प्रमाणपत्र, द्धितिय पुरस्कार १५ हजार कप मेडल र प्रमाणपत्र र तृतिय पुरस्कार १० हजार कप मेडल र प्रमाणपत्र रहेको छ भने प्रत्येक विद्यामा आर्कषक पुरस्कार रहेको खेल संयोजक योगेश छन्तेलले बताउनु भयो ।
खेलकुदको साथमा सामुहिक रेकर्ड डान्स प्रतियोगिता समेत आयोजना गरिएको जसको प्रथम पुरस्कार ८ हजार मेडल र प्रमाणपत्र, द्दितिय पुरस्कार ६ हजार मेडल र प्रमाणपत्र तृतीय पुरस्कार ४ हजार मेडल र प्रमाणपत्र रहेको कार्यक्रमका आर्थिक संयोजक तथा प्रादेशिक रेफ्री नवीन गर्भुजाले जानकारी दिनुभयो ।
कार्यक्रममा स्थानिय झाकीहरु सोरठी तथा घाटु नाच समेत प्रस्तुत गरिने साथै स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने आयोजकले जानकारी दिएको छ ।