बसन्त अधिकारी, गुल्मी: मुसिकोट ८ को आयोजनामा एक दिने लैङिगक समानता, जातिय विभेद तथा आत्महत्या निरुत्साहन समन्धि प्रशिक्षण मुसिकोटमा सम्पन्न भएको छ ।
प्रशिक्षणमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा , जिल्ला समिति अध्यक्ष जगदीश अर्याल, जिल्ला प्रहरी कार्यालय प्रमुख एस.पि. राजन भुजेलले छुट्टा छुट्टै विषयमा प्रशिक्षण दिनुभएको वडा अध्यक्ष रमेश बिश्वकर्माले बताउनु भयो ।
कार्यक्रमको अवसरमा मुसिकोट ८ मा कार्यरत कटुवालहरुलाई सम्मानसहित हाते माईक हस्तान्तरण गरिएको कार्यपालिका सदस्य सम्झना खत्रीले बताउनु भयो ।
करिब १५० जना भन्दा बढि सहभागी रहेको प्रशिक्षणमा विद्यालयका प्रध्यानध्यापक, संघ संस्था प्रमुख, विद्यार्थी, समाजसेवी, बुद्धिजिवी, पत्रकार , वडाका सबै जनप्रतिनिधि र सामाजिक ब्यक्तित्वहरुको उपस्थिति रहेको वडा सचिव प्रदिप पौडेलले बताउनु भयो ।
कार्यक्रम मु न पा ८ का वडा अध्यक्ष रमेश वि क को अध्यक्षता जि. स.स . प्रमुख दोर्ण खत्री को प्रमुख आतिथ्यता, मुसिकोट नगरपालिकाका मेयर जीबलाल खरेल (जीवन), प्र. जि. अ. कृष्णप्रसाद शर्मा, जि. स. अ. जगदीश अर्याल, जि. प्र.का. प्रमुख एस. पि. राजन भुजेल को विशेष आतिथ्यता, कार्यपालिका सदस्य सम्झना खत्रीको स्वागत मन्तब्य र वडा सचिव प्रदिप पौडल संचालनमा सम्पन्न भएको थियो ।