गुल्मी: आफ्नो जन्मदिनको अवसरमा गुल्मी जिल्ला सफल व्यवसायी कृष्ण खनालले बिश्वकर्मा मन्दिरमा निशुल्क सिसि क्यामेरा जडान गरेका छन ।
रेसुङा नगरपालिका-०४, मा अवस्थित रागेढुङा बिश्वकर्मा मन्दिरमा २ वटा क्यामेरा जडान गरेर सामाजिक काम गरेको स्थानिय युवा समाजसेवी राजु पछाईले बताए ।
गुल्मी जिल्लाको सदरमुकाम तम्घास बजारमा बिगत १२ वर्ष देखि हाई स्पिड कम्प्युटर सन्चालन गर्दै आएका कृष्ण खनालले गुल्मी तथा अर्घाखाँची, पाल्पा, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, बाग्लुङ लगाएत जिल्लालाई प्रविधिमैत्री बनाउन ठूलो योगदान दिएको पाईन्छ ।
स्तरीय र ब्रान्डेड कम्प्युटर, ल्यापटप लगाएत ईलेक्ट्रोनिक्स सामाग्रीको बेच बिखन गर्ने पसलका रुपमा चिनिने हाई स्पिड कम्युटरका संचालक कृष्ण विभिन्न सामाजिक क्षेत्रमा समेत आवद्द रहेका छ्न ।