माधव खरेल, गुल्मी। गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले पालिका भित्रका प्रध्यानध्यापक तथा शिक्षकलाइ बालबालिका अपांगताको प्रारम्भिक पहिचान समन्धि २ दिने क्षमता बिकास तालिम इस्मा गाउँपालिकाको सभाहलमा सम्पन्न गरेको छ ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा शाखाका प्रमुख किसान थापाले क्षमता बिकास तालिमको उदेश्य अपांगताको पहिचान गर्नु रहको र तालिमबाट सिकेका कुरा ब्यहारमा लागू गर्न समेत आग्रह गर्नु भएको थियो ।
इस्मा गाउँपालिकाका भित्रका विद्यालयमा अपांगता के कति छ्न भन्ने पहिचान गर्नको लागि तालिम आयोजना गरिएको इस्मा गाउपालिका शिक्षा शाखाले जानकारी दिएको छ । तालिममा इस्मा गाउँपालिका भित्र संचालित विद्यालय प्र.अ. तथा शिक्षक गरि करिब ७० जनाको सहभागीता रहेको थियो । दुई दिने कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख किसान थापाले गर्नु भएको थियो ।