असार ०४, चितवन। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार भएको मतदानमा ५८ जना सांसद सहभागी भएकोमा पोखरेलको पक्षमा ३१ मत खसेको छ । उहाँको विपक्षमा २७ मत खसेको छ ।
६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री पोखरेलले काँग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद र स्वतन्त्र सांसद दीपक मनाङेको १ गरी ३१ मत प्राप्त गरेका हुन् ।