गुल्मी । गुल्मी क्षेत्र नम्बर २ का सांसद तथा नेकपा एमालेका नेता गोकर्ण बिष्टले गुल्मीमा कोरोनाविरुद्ध पत्रकारहरुले सञ्चालन गरेको अभियानको लागि १० लाख रुपैया सहयोग जुटाइदिनुहुने भएको छ ।
यतिबेला पत्रकार महासंघ गुल्मीले जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्ने उद्धेश्यसहित अर्थ संकलन सञ्चालन गरिरहेको छ ।उक्त अभियानमा ऐक्यबद्धता जनाउँदै सांसद विष्टले १० लाख रुपैया बराबरको सहयोग जुटाउन सहयोग गर्ने बताउनुभएको हो ।
‘पत्रकार महासंघ गुल्मीले गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न चालेको अभियान स्वागत योग्य छ, सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभएको छ, ‘महासंघको यो अभियानका लागि रु.१०,००,००० (अक्षरुपि दश लाख रुपैयाँ) बराबरको सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’
साथै उहाँले उक्त अभियानलाई साथ दिएर कोरोनाविरुद्धको लडाईमा ऐक्यबद्धता जनाउन पनि सबैमा आग्रह गर्नुभएको छ । यसअघि उहाँले जिल्लामा अक्सिजन सिलिण्डर पनि सहयोग गर्नुभएको छ ।