गुल्मीमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षण गर्दा १ जना र एन्टिजेन परिक्षण गर्दा ५ जना गरि ६ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो।
संक्रमित हुनेमा सबैभन्दा धेरै जिल्लाकाे रेसुङा नगरपालिकामा ४ जना, रुरुक्षेत्र गाउँपालिका र सत्यवती गाउँपालिकामा १-१ जना गरि ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । याे सगै गुल्मीमा काेराेना सक्रिय संक्रमित संख्या ४८६ पुगेको छ।
त्यस्तै,पछिल्लो २४ घण्टामा काेराेना संक्रमण मुक्त हुनेको संख्या शुन्य रहेको छ । अहिले सम्म कुल ४ हजार ३ सय ८१ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ । गुल्मीमा दोस्रो काेराेना लहरका कारण ९३ जनाले ज्यान गुमाएका छन्।