राम बहादुर बिश्वकर्मा✍
प्युठानमा गुडिरहेको एक मोटरसाइकलमा आगो लागेको छ। प्युठान नगरपालिका – ९ मरन्ठानाका २६ बर्षीय रबिन्द्र सुनारको लु ९ प ६६३० नम्वरको मोटरसाईकलमा शनिबार अपरान्ह एक्कासी आगो लागेको हो।बिजुवारबाट मरन्ठानास्थित घर तर्फ जाँदै गर्दा कोचेन भन्ने स्थानमा सडकमा गुडिरहेको अबस्थामा आफ्नो एमा ग्लाडिटर मोटरसाईकलमा आगलागी भएको सुनारले बताए । उनका अनुसार हिडदा हिड्दै मोटरसाईकलमा एक्कासी आगो निस्किएको थियो ।“ बाईक कच्ची बाटोमा गुड्दै थियो, गुडिरहेकै बेला तातो महसुस भयो, त्यसपछि एक्कासी आगोको मुस्लो निस्कियो, रबिन्द्रले भने,’चलिरहेकै अवस्थामा आगो लागेको थाहा पाएपछि बाटोमै मोटरसाईकल छोडेर ज्यान जोगाएँ।
प्रहरीका अनुसार वाइरिङ्ग सट भई मोटरसाइकलमा आगो लागेको हो । आगलागीबाट मोटरसाईकल पूर्ण रुपमा जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक जेबि गैरेले जानकारी दिए।आखिर गुडिरहेको मोटरसाइकलमा आगो किन लाग्छ ।
ब्याट्रीको कनेक्सनबाट कतै सट भयो भने र त्यही बेलामा तेल चुहिएको छ भने आगो लाग्ने सम्भावना बढी हुने मदन मोटरसाइकल वर्कसप बाग्दुलाका संचालक सरद शर्मा बताउछन्। त्यस्तै ब्याट्रीबाट आएको मेन वायरिङ तार एक ठाउँमा जोडियो भने वायरिङमा हिट प्रड्युस भएर आफै जल्छ। त्यसैगरी कार्बोरेटरबाट तेल चुहिएको बेला सट सर्किट भएमा आगो लाग्न सक्ने उनले बताए।
दुर्घटनाबाट बच्न पहिलो कुरा त गुणस्तरिय सामान प्रयोग गरिएको मोटरसाइकल खरिद गर्नुपर्ने प्राविधिकहरुको सुझाव छ।
यस्तो समस्याबाट बच्न चालकले पनि ध्यान दिनुपर्ने उनको भनाई छ।लिगेज भएको,बिना फ्युजको ब्याट्री,जलेको तार जस्ता सामग्रीमा होसियार हुनुपर्ने प्राविधिकहरु बताउछन ।कतैबाट पेट्रोल लिकेज भएको बेलामा फयरिङ लिगेज भयो भने आगो लाग्ने सम्भावना उच्च हुने शर्मा बताउछन्।‘पेट्रोल र फयरिङ लिगेज एकैपटक भएको बाइकमा आगो लाग्ने सम्भावना उच्च हुन्छ’ उनले भने।त्यसैगरी वायरिङ सट भएमा पनि आगो लाग्न सक्ने उनको भनाइ छ।यसबाट बच्न बाइक लिएर हिँड्दा ट्याङ्कीमा लिगेज भए नभएको हेर्नुपर्ने उनको सुझाव छ।