छड्के न्युज ,गुल्मी । शाईन रेसुङा डेभलपमेन्ट बैंक लि. सिमलटारी शाखाले सामाजिक सुरक्षा भत्ता टोलमै पुगेर वितरण गर्ने गरेको छ । त्यस्तै मंगलबार उक्त बैंकले जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर सात द्वानेटका नागरिकलाई टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको शाखा प्रमुख दिपक पाण्डेले जानकारी दिए ।
द्वानेटका दलित,ज्येष्ठ , एकल महिला गरि दुई सय नागरिकलाई १५ लाख पचास हजार रुपैयाँ वितरण गरिएको छ । पारदर्शिताको लागी बैंकबाट मात्रै सामाजिक सुरक्षा भत्ता प्रदान गर्दा धेरै ज्येष्ठ नागरिकले हैरानी संगै सास्ती खेपीरहेको समयमा शाइन रेसुङा डेभलपमेन्ट बैंकले टोलमै पुगेर भत्ता वितरण गरी उदाहरणीय कार्य गरेको छ ।आगमी दिनमा पनि यो कार्यलाई निरंतरता दिने बैंकले जनाएको छ ।