भुवन काफ्ले ,न्युज छडके \मुसिकोट गुल्मी(गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ साबिकाको वामी गबिस वडा नम्बर ३ काफलटोलामा नियमित प्रयोग गर्दै आएको खाने पानी लाईन ४ दिन देखी काटिएको छ ।मुसिकोट नगरपालिकामा संचालन भइरहेको एक घर एक धारा खाने पानी योजना अन्तरगत करङखोला काफलटोला(तिम्लेचउर खानेपानी उपभोकता समितिले समेट्ने भेगमा पानी गत ४ दिनदेखि काटिएको त्यहाँका स्थानियहरुले बताएका छन ।
नयाँ योजना संचालन नहुँदै प्रयोगमा आई रहेको पानि काटिदा स्थानियलाई समस्या परेको हो ।संचालनको क्रममा रहेको करुङखोला काफलटोला( तिम्लेचउर खाने पानिको काम पुरा नै नगरि खानेपानी उपभोकता समितिका अध्यक्ष कृष्ण मुरारि सापकोटाले पुरोना पानि काट्न लगाएको स्थानिय बासिहरुले आरोप लगाएका छन ।
स्थनिया बासिहरुका अनुसार संचालनको क्रममा रहेको योजनाको संचालनको अन्तिम तयारि अर्थात घर घरमा मिटर जडानको काम सके पछि पानि काटेर नयाँ लाईनमा जोड्न मिल्ने भएता पनि अध्यक्षले आफु खुसि काम पुरा नहुँदे अनआबस्यक रुपमा पानि काटि स्थानियलाई दुख दिएको आरोप लगाएका छन ।पानि काटिनुको काररन बारे उक्त खानेपानि योजनाका उपभोकता समितिका सदस्या कसैलई पनि जानकारि नभएको र १ बर्षदेखि उपभोकता समि९तिको कुनै बैठक नबसेको, जे जे काम भई रहेका छन रहेका छन अध्यक्षको आफुखि भएको समितिका सचीब तेजिनद्र जिसिले जानकारिदिनु भयो ।
उक्त उपभोक्ता समितिका अध्यक्ष कृष्ण मुरारि सापकोटाले स्थानियहरुले लगाएको उक्त आरोपप्रति दुख ब्यक्त गर्नु भएको छ, उहाँका अनुसार पुरानो खानेपानीको लाईन नकाटेसम्म नयाँ संचालनको क्रममा रहेको खानेपानी पाइप लाईन परिक्षण गर्न कठिन हुने भएकाले पानि काट्न बाध्य भएको बताउनु भयो ।हामी दिनरात खटिएर काम गरी रहेका छै तर पनि हामिलाई दोस मात्र अउछन, कोरोना महामारिका कारण समितिको बैठक बस्न र काम गर्न केहि कठीन भएपनी हामिले हाम्रो जिम्मेवरी पुरा गरिरहेका छौ, अब एक दुई दिनमा यो समस्या समधान हुने उपभोक्ता समितिका अध्यक्ष सापकोटाले जानकारि दिनु भयो ।