राजेश जीसी, प्युठान /छड्के न्युज –चुलो चौकोमा सिमित रहेका प्यूठानका महिलाहरु पछिल्लो समय स्वरोजगार बन्न थालेका छन् । स साना ब्यक्तिगत खर्चका लागी श्रीमानको भर पर्ने महिलाहरु अहिले उनीहरु आफै स्वाभिलम्बी बनेका छन् ।हातमा सिप र आर्थिक अबस्था कमजोर हुदाँ पछि परेका महिलाहरु आफु स्वरोजगार त भएकै छन साथै अरुलाई पनि रोजगारी दिएका छन् । प्यूठानको नौबहिनी गाउँपालिकाकी चित्रकली बुढाले अल्लो उद्योग स्थापना गरी सञ्चालन गरिन् ।उनीले २०६३ सालमा कोठीहिमाल अल्लो उद्योग स्थापना गरिन् । पहाडमा खेर गइरहेको अल्लो ९चाल्ने सिस्नोबाट धागो निकाली पोशाकहरु बनाउन थालेकको करिब २० बर्ष भयो । उनीले तत्कालिन समयमा एक लाख ९० हजारको लागतमा बुढाले उद्योग सञ्चालनमा ल्याएकी थिइन् ।
उद्योगमा अहिले करिव आधा करोड मुल्य बरावरको लगानी भइसेको छ । उनले अहिले उद्योग सञ्चालन गरी मनग्य आम्दानी गर्ने गरेकी छिन भने अन्यलाई पनि रोजगारी दिइएको उनी बताउछिन । ‘आमाले सिकाएको सिपले अहिले ब्यवसाय सञ्चालन गरेकी छु’ उनले भनिन्,‘अहिले त्यो सिप नै मेरो लागी बरदान भएको छ ।’ उनले यहि ब्यवसायबाट छोराछोरीको पढाइ खर्च, घरखर्च लगायतका खर्च यसै ब्यवसायबाट गर्दै आएकी छन् ।
त्यस्तै प्यूठान नगरपालिका ९ मरन्ठानाकी दुर्गा केसीले बन जङगलमा खेरा गइरहेका कच्चा पदार्थहरुको प्रयोग गरी हर्वल साबुन उद्योग स्थापना गरी मनग्य आम्दानी गर्ने गरेकी छिन् । उनीले २०५७ सालमा झिमरुक हर्बल साबुन उद्योग स्थापना गरेकी हुन् । उनले लघुउद्यमबाट तालिम लिएर स्वरोजगार बनेकी हुन् ।उनीहरु त एक उदाहरणीय पात्र मात्रै हुन् । देशमा संघियता आएपछि बिभिन्न संघ सस्थाले तालिम र आर्थिक सहयोग गर्न थालेपनि उनीहरु स्वरोजगार बन्न थालेका हुन । दुना टपरि उद्योग सञ्चालन गरेरै उनीहरुले घरखर्च र छोराछोरीको पढाइमा समेत टेवा पुर्याएका छन् । स्थानीय महिलाहरुलाइ स्वरोजगार बनाउने उदेश्यले प्यूठानका स्थानस्य तहले स्वरोजगार मुलक कार्यक्रम तथा तालिमहरु सञ्चालन गर्ने गरेको छ ।