जीवनमा आईपर्ने अभावका बावजुद अगाडी बढ्ने साहसको कमीले धेरै मानिसहरुको जीवन अर्थहीन हुन्छ । तर अलाबामा सन् १९८० जुन २७ मा जन्मिएकी हेलेन केलरले हिम्मतका साथ अप्ठ्याराहरुको सामना गरेर जीवनलाई अस्तित्व विहिन हुन दिईनन् ।शारीरिक रुपमा अपाङ्ग उनी अमेरिकाकी लेखिका, राजनीतिकर्मी तथा समाजसेवी हुन् ।
हेलेन केलरका जीवनोपयोगी भनाइहरु
- आफूमा भएको पूर्ण क्षमता लगाएर प्रयास नगरुन्जेल काम नछोड ।
- मानिस सहज तरिकाले सक्षम, बलियो र सफल बन्न सक्दैन । त्यसको लागि प्रयास, आरोह(अवरोह, संघर्षले खारिनुपर्छ ।
- आफ्नो अनुहार सूर्यतिर फ़र्कायौ भने, तिमीले छायाँ देख्नु पर्दैन ।
- एक्लै गर्यौं भने धेरै कम गर्न सक्छौं, मिलेर गर्यौं भने धेरै नै गर्न सक्छौं ।
- जब हामीले आफूले सक्ने जति सबै प्रयास गर्छौं तब जीवनले हामीलाई रहस्यमय तरिकाले खुशीहरु ल्याइदिन्छ ।
- जीवन पाठहरुको संगालो हो, जसलाई बुझ्नको लागि जिउनु जरुरि छ ।
- जीवन की त साहसिक यात्रा हो । यदि साहस भर्न सक्दैनौ भने त्यो जीवन व्यर्थ हो ।
- खुशी उत्पादन नगारि खुशीलाई उपभोग गर्ने अधिकार कसैलाई पनि छैन ।
- एउटा ढोका बन्द भयो भने, अर्को ढोका खुलेको हुन्छ। तर, हामी भने त्यही बन्द ढोका हेरेर निराश बन्छौं ।
- म मात्र ‘म’ हूँ । मैले सबै काम गर्न सक्दिन, तर केही गर्न सक्छु । मैले सबै काम गर्न सक्दिन भन्दैमा मैले आफूले सक्ने काम नगरी बस्दिन ।
- देख्न सक्नु तर दृष्टिकोण नहुनु भनेको खतरनाक अवस्था हो ।
- संसारका सबैभन्दा सुन्दर वस्तुहरु हेर्न र छुन सकिदैन । तिनलाई मनैदेखि अनुभव गर्न सक्नुपर्छ । साभार :अनमोल बिचार