भुवन काफ्ले ,मुसिकोट ,गुल्मी\ छड्के न्युज । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा सोमबार थप २ जनाको कोरोना संक्रमण पुष्टी भएको छ ।सोमबार मुसिकोट नगरपालिकाका बिभिन्न ठाउँमा गरिएको ६ जनाको एन्टिजेन्ट परिक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।।
मुसिकोटमा आज कोरोना संक्रमीत हुने मध्य मुसिकोट वडा नम्बर ९ का १ जना पुरुष र १ जना महिला रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिए ।मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारि अनुसार हालसम्म मुसिकोट नगरपालिकामा कोरोनाका लक्ष्ण देखिएका कुल १५५८ जनाको कोरोना परिक्षण गरिएको छ भमे परिक्षण गरिएका मध्य ५१८ जनमा कोरोना पोजेटिभ र १०४० जनामा कोरोना नेगेटिभ आएको छ ।
कोरोना संक्रमित मध्य अधिकांस कोरोना अबस्था सामान्य रहेको र उनिहरुलाई होम आईसोलेसनमा राखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिए ।त्यसै गरि हालसम्म मुसिकोट नगरपालिकामा १० जना पुरुष र १ जना महिला गरी ११ जनाले कोरोना संक्मणका कारण ज्यान गुमाएका छन ।