धनी राम कोरी, कपिलबस्तु\ छड्के न्युज –कपिलवस्तु जिल्ला को महाराजगन्ज नगरपालिका को सडक देखि तौलिहवा सम्म जोड्ने लगभग १० किलोमिटर सडक मा खाल्डाखुल्डी भएर सडक को अवस्था जीर्ण बन्दै गएको छ । महाराजगन्ज देखि तौलिहवा सडक खण्डमा बस , कार , टिप्पर , ट्रक , अटो रिक्सा , मोटरसाइकल , साइकल र पैदल बाट ५ सय देखि हजार भन्दा बढी मान्छेहरु आउने जाने गर्छन् ।
महाराजगन्ज देखि विजगौरी हुँदै कपिलवस्तु जिल्ला को सदरमुकाम मा जोड्ने सडक को अवस्था जीर्ण बनेको छ । उक्त सडकमा वडा अध्यक्ष , पालिका प्रमुख , प्रदेश सभा सदस्य र राष्ट्रिय सभा सदस्य जस्तो जनप्रतिनिधिहरु हिड्ने बाटो हो । यो मर्मत सम्भारको लागि खासै चासो देखिएको पाइदैन । सडक दिन प्रतिदिन जीर्ण बन्दै गएको छ । सडक को बीचबीच भाग मा खाल्डाखुल्डी भएर पानी जामेको छ । यो सडकमा सवारी दुर्घटना धेरै हुन सक्ने सम्भावना भएको छ । यो सडक मा हिड्दा लगाएको कपडा समेत नराम्रो हुने गरेको छ । सडक मर्मत सम्भार मा स्थानीय सरकार , प्रदेश सरकार र केन्द्र सरकार चासो दिइएको पाइदैन । सडक निर्माण गरेर मात्र हुदैन त्यसको मर्मत सम्भार पनि गर्न अवश्यक रहेको छ ।
गर्मी को समयमा धुलोधुलो हुने अनि बर्षा को समयमा सडक को बीच भाग मा भएको खाल्डा खुल्डी मा पानी जामेर सडकमा आवाज जावात गर्न निकै नै समस्या भइरहेको एक जना युवाले बताए ।सडकको मर्मत सम्भार नभएको कारणले गर्दा सडकको छेउछाउमा पानी जम्ने , सडकको बीच भागमा खाल्डाखुल्डी भएर पानी जम्ने भएको कारणले निकै समस्या रहेको महाराजगन्ज देखि तौलिहवा सडक मर्मतको लागि जनप्रतिनिधिहरु ध्यान जाना अवश्यक रहेको स्थानीय बताउँछन् ।