- सके सम्म खराब संगत बाट टाढै बस्नुस किनकि संगतको असर तिमीलाई पर्छ तर बदनामी तिम्रो आमाबुवाको हुने गर्छ ।
- प्रेमको सम्बन्ध हात र आखाको जस्तै हुनुपर्छ, जब हातलाई चोट लाग्छ तब आखाले आँशु झारी दिन्छ र जब आखाले आँशु झार्छ तब हातले पुसिदिन्छ ।
- तिमीले दुख दुख दिए पनि जसले तिमी संग अलिकति पनि गुनासो गर्दैन, उसैले तिमीलाई सबैभन्दा बढी माया गरेको हुन्छ ।
- छोराको परिक्षा बिवाह पछी हुन्छ, छोरीको परिक्षा जवानीमा हुन्छ, श्रीमानको परिक्षा श्रीमती बिरामी भएको अवस्थामा हुन्छ, श्रीमतीको परिक्षा श्रीमानको गरिबीमा हुन्छ, मित्रको परिक्षा समस्या आइपर्दा हुन्छ र दाजुभाईको परिक्षा लडाईको अवस्थामा हुन्छ ।
- मान्छेहरु भन्ने गर्छन् जब कोहि आफ्नो मान्छे टाढा हुन्छ तब मन दुख्छ तर म भन्छु जब कोहि आफ्नो मान्छे नजिक भएर पनि टाढाको जस्तो ब्यबहार गर्छ तब मन दुख्छ ।
- मृत्यु पछी तिम्रो श्रीमती तिम्रो घर सम्म, समाज मशानघाट सम्म र छोरा अग्निदान सम्म मात्र साथ् हुन्छ तर तिम्रो कर्म मात्र यस्तो चिज हो जुन इश्वरको अन्तिम निर्णय सम्म पनि तिम्रो साथ् हुन्छ ।
- आफ्नो अभिमानलाई कहिल्यै पनि उठ्न नदेउ र आफ्नो स्वाभिमानलाई कहिल्यै पनि गिर्न नदेउ किनकि तिम्रो अभिमानले उठ्न दिदैन र तिम्रो स्वाभिमानले तिमीलाई गिर्न दिदैन ।
- तपाई हिजो जतिनै नराम्रो भएपनी आज फेरी नयाँ सुरुवात गर्न सकिन्छ, जसरी हरेक रात पछी एउटा नयाँ बिहानीको सुरुवात हुन्छ ।
- मान्छेको समाज पनि अचम्मको छ, आफुलाई जनावर संग तुलना गर्न मान्दैन तर कुकुर भन्दा मन दुखाउने र सिंह भन्दा खुशी हुने गर्छ ।
- यदि खेतमा बाली लगाइएन भने प्रकृतिले त्यसमा घाँस उब्जाईदिन्छ, ठिक त्यसैगरी यदि दिमागमा सकारात्मक सोच भएन भने नकारात्मक सोचले आफ्नो ठाउ बनाईदिन्छ ।
- मान्छेबाट भुल हुनु प्रकृति हो, त्यसलाई स्विकार्नु संस्कृति हो र त्यसमा सुधार गर्नु प्रगती हो ।
- जो संग धैर्य छ र मेहेनत गर्न डराउदैन उसको सफलता
निश्चित छ । - यदि लक्ष्यमा पुग्नु छ भने आफ्नो साथी आफै बन किनकि संगतीले तिमीलाई बहकाउने काम मात्र गर्ने गर्छ ।
- माथी उड्नको लागि पखेटाको आवश्यकता चरालाई मात्र हुन्छ, मान्छे त जति तल झुक्छ त्यति नै माथी उठ्ने गर्छ ।
- तिमी मनै देखी ठानेर त हेर कि के गर्ने भनेर, त्यसपछि तिम्रो दिमागले अनेक तरीका निकालन र खोज्न सुरु गर्छ ।
- रोजी खोजी गरेर मात्र हैन आफ्नो परिवारको स्थिति बुझेर जिउनु पर्छ जिन्दगी ।साभार: अनमोल बिचार
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२