प्युठानको मल्लरानी गाउँपालिका वडा नंवर ४ खलगाँमा १५ शैयाको आधारभुत अस्पताल भवन निर्माणका लागि स्थानीय बिश्वनाथ श्रेष्ठले निजी जग्गा दान गरेका छन् ।हाल काठमाडौंमा बसिरहेको श्रेष्ठले खलंगा प्राथामिक स्वास्थ्य केन्द्र प्युठानलाई १५ सैयाको आधारभूत अस्पताल निर्माण गर्न आवश्यक पर्ने १ रोपनी ८ आना जग्गा निशुल्क प्रदान गरेका हुन्।
जग्गादाता श्रेष्ठले सोमबार स्वास्थ्य केन्द्रको नाममा उक्त जग्गा रजिस्ट्रेसन पास गरिदिएको जानकारी दिए।मेरो नाममा रहेको जग्गामा १५ शैयाको अस्पताल निर्माण हुने भएपछि गर्व लागेको छ। अस्पताल भवन निर्माणका लागि टेण्डर प्रक्रिया भईरहेको र छिट्टै निर्माण संझौता हुने मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण थापाले जानकारी दिए।