काठमाडौं -मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर ९आईपीओ० को बाँडफाँड कहिले होला भन्ने सबैको चासोको विषय बनेको छ । लगानीकर्ताको यही चासो मेटाउन हामीले कम्पनीको आईपीओको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टसँग कुरा गरेका छौँ ।
क्यापिटलका अनुसार हिजोसम्म शंकास्पद आवेदकहरूको छनोट गरिएको छ । डाटा भेरिफिकेसनको काम आजसम्म सक्याएर प्री(अलोटमेन्ट भोलि गर्ने तयारी गरिएको छ । त्यसैले, सिडिएस र बोर्डको अनुमति पाएमा सम्भवतस् आइतबारसम्म बाँडफाँड सम्पन्न गरिने तयारी भइरहेको क्यापिटलले जनाएको छ ।
संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।
अन्तिम दिनसम्ममा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ८३।१० गुणा धेरै हो । मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । अन्तिम तथ्यांक हेर्दा ३६ हजार ८ सय ५९ जनाले मात्र सेयर पाउने छन् । बाँकी २३ लाख बढी आवेदकको हात खाली हुनेछ । साभार : अर्थसंसार