गुल्मी -गुल्मीमा तीन बजे पछि पसल सञ्चालन गर्ने र पसलमा जाने ग्राहकलाई प्रहरीले नियन्त्रणमा लिई कार्यालयमै लगेर एक घण्टा प्रशिक्षण दिन सुरु गरेको छ । नागरीकलाई सम्झाउदा बुझाउदाँ नटेडेपछि बाध्य भएर एक घण्टा प्रशिक्षण दिन थालिएको प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले जानकारी दिईन ।
जिल्लामा जारी निषेधाज्ञालाई प्रभावकारी बनाउन र कोभिड १९ नियन्त्रणको लागी प्रशासनले थप कदम चाल्न सक्ने प्रमुख जिल्ला अधिकारी शर्माले उल्लेख गरिन ।भदौ २ गते देखी थालिएको एक घण्टे प्रशिक्षण बाट अहिले सम्म पसल सञ्चालन गर्ने र पसलमा सेवा लिन आउने १२ जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीको कार्यालमै लगेर सम्झाई बुझाई गरि छाडीएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी डिएसपी पुरुषत्तम पाण्डेले जानकारी दिए ।