भाद्र ५ गुल्मी –नेपालकै धार्मिक तथा पर्यटनको क्षेत्रमा प्रचुर सम्भावना भएको प्रसिद्ध रुरुधाममा निर्माणाधीन तिनमुखे पुलको नव्वे प्रतिशत काम सम्पन्न भएको छ ।चार वर्ष अगाडि रुरुक्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थप्नेगरि निर्माण कार्य शुरु गरिएको यो पुल विभिन्न आरोह अवरोह पार गर्दै अव करिव करिव सम्पन्न हुने अवस्थामा पुगेको हो ।यो पुल निर्माण भए सँगै तीन जिल्ला गुल्मी पाल्पा र स्याङ्जा साथै लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने छ ।
यतिवेला बिचको टावरवाट लुट्ठा टाँग्ने काम जोडतोडले भईरहेको छ । पाल्पा र गुल्मी तिर लुट्ठा टाग्ने काम अन्तिम अवस्थामा छ भने काली गण्डकी नदिमा जलस्तर र अभाव अत्यधिक रहेकाले स्याङ्जा तर्फ लठ्ठा टाँग्ने काममा केही ढिलाई भएको तिनमुखे पुलको निर्माण कार्य हेरिरहनु भएका सुपरवाईजर उजिर खानले बताएका छन् ।कुल ५ सय चालिस मिटर लम्बाई रहेको पुलको तीन तिरका भागको लम्बाई १ सय असि मिटर रहेको बताईन्छ ।
सम्झौता अनुसार २०७४ असार मसान्तमा काम सक्नु पर्ने भएपनि विविध कारणले काम लम्विएको र अव एक दुई महिनामै पुलको काम सकिने सुपरवाईजर खानले बताए ।काम भईरहँदा कालिगण्डकी नदिको पानीको बाहव बढिरहेको र बाढिका कारण निर्माण कम्पनीका सामानहरु बगाउँदा निर्माण कम्पनि नयाँबाटो रुबिना निर्माण कम्पनीले क्षति समेत भोगेको छ ।कुल साढे नौ करोडको लागत रहेको यो पुलको निर्माण सँगै रुरुक्षेत्र भित्रका स्याङ्जा गुल्मी र पाल्पाका धार्मिक क्षेत्रमा पुग्न सहज हुने मात्र होईन रुरुक्षेत्र भित्रको धार्मीक पर्यटनमा विशेष महत्व राख्ने देखिएको छ । साभार : सेतोमसी