विष्णुप्रसाद आचार्य चकित -मुसिकोट गुल्मी सामुदायिक रेडियो पुष्पान्जली ९७४ मेगाहर्ज मुसिकोट नगरपालिका ७ वामिटक्सार द्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।रेडियोले सन्चालन गरेको कोरोना विपद व्यवस्थापन तथा सहयोग संकलन अभियान मार्फत संकलित रकमबाट मुसिकोट नगरपालिका भित्र रहेका सामुदायिक र सस्थागत माध्यमिक , निम्न माध्यमिक र प्राथमिक तहका विद्यालयहरुलाइ शनिबार मास्क,सेनिटाइजर,थर्मल गन,अक्सिमिटर,पन्जा,फेस शिल्ड लगायतका सामाग्री हस्तान्तरण गरिएको हो ।आज १० माध्यमिक विद्यालय , १० निम्न माध्यमिक विद्यालय ,१० प्राथमिक विद्यालय र एक क्याम्पस गरि ३१ वटा विद्यालयलाई हस्तान्तरण गरिएको थियो भने १० वटा माध्यमिक विद्यालयहरुलाइ पहिले नै स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।
कोभिडको महामारीमा विद्यालय क्षेत्र पनि निकै जोखिममा रहेको र अबको केही समयमा विद्यालय सन्चालन हुन सक्ने भएकोले उक्त जोखिमबाट बच्न बितरित सामाग्रीले केही हदसम्म सहयोग पुग्ने रेडियोको विस्वास रहेको छ ।विद्यालय क्षेत्रमा विद्यार्थीहरुको चाप बढी हुने भएकोले विद्यार्थीहरुको स्वास्थ्य अवस्था थाहा पाउन अक्सिमिटर र थर्मल गनले सहयोग पुग्ने भएकोले शिक्षक तथा विद्यालयलाइ सामाग्रीले सानो भएपनी राहत पुग्ने रेडियोको विश्वास रहेको छ ।रेडियोले केही समय अगाडि कोरोनाको महामारीबाट बच्न तथा अक्सिजन अभाव नहोस भन्दै मुसिकोट नगरपालिकालाई ५ थान अक्सिजन सिलिन्डर र केही माध्यमिक विद्यालयहरुलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।
यससङ्गै मुसिकोट नगरपालिकाभित्र रहेका १-३प्रा वि वाहेक अधिकाम्श विद्यालयहरुलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालले रेडियोले गरेको स्वास्थ्य सामाग्री वितरण कार्यक्रम उदाहरणीय र प्रशम्शनिय रहेको बताउदै यसबाट सबैले पाठ सिक्नुपर्ने बताउदै रेडियोलाइ नगरपालिकाबाट यथासक्य सहयोग गर्ने बताउदै धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा विशिस्ट अतिथिको रुपमा बोल्दै रेडियोकी सल्लाहकार विष्णुकुमारी सापकोटाले न्यून साधनश्रोतका बाबजुत रेडियोले गरेको स्वास्थ्य सामाग्री वितरण निकै सराहनीय काम भएको भन्दै यस्ता काम गर्न रेडियोलाइ सबैले सहयोग र हौसला प्रदान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।शुभकामना मन्तब्य व्यक्त गर्दै रेडियोका सल्लाहकार अग्निधर लोहनीले रेडियो समाजको अभिन्न अङ्गको रुपमा रहेको र रेडियोले समाजमा सुसूचित गराउने काममा सधै अब्बल काम गरेको भन्दै यस अभियानलाइ धन्यवाद दिनुभएको थियो ।
विशिष्ट अतिथिको रुपमा रहनुभएका महेन्द्र आदर्श नमुना मा वि का प्रधानाध्यापक देविराम शर्माले बोल्दै फरक फरक समुदायका विद्यार्थीले उपस्थिति जनाउने विद्यालयमा कोरोनाको उच्च जोखिम रहने भएकोले यस्ता स्वास्थ्य सामाग्रीले कोरोनाको जोखिम वहन गर्न ठूलो टेवा पुग्ने उहाको भनाइ रहेको थियो ।
कार्यक्रममा रेडियोका कोषाध्यक्ष अर्जुन सापकोटा,संचालक समितीका सदस्यहरु मोहन घिमिरे,लोकनाथ काफ्ले,गोपालमणी सापकोटा, रेडियोका सल्लाहकार हरिनारायण सापकोटा,मुसिकोट नगरपालिकाका लेखापाल बालकृष्ण गौतम,रेडियोका सल्लाहकार गोपिकृश्न खरेल,गुल्मी मुसिकोट उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष मोहनलाल श्रेष्ठ ,विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि,रेडियो सन्चालक समितिका पदाधिकारी तथा सदस्यहरु, लगायतको उपस्थिति रहेको थियो ।
विपतको समयमा विभिन्न सहयोगिहरु मार्फत संकलन भएको रकमबाट उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो,सोही कार्यक्रममा रेडियोका सचिव सुन्दर प्रधानले ४ लाख ९० हजार बराबरको आयव्यय प्रस्तुत गर्दै सहयोगी सबैलाइ धन्यवाद व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा रेडियो सन्चालक समितिका उपाध्यक्ष विवेक काफ्लेको अध्यक्षता,सचिव सुन्दर प्रधानको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन सहसचिव कौरव खत्रीले गर्नुभएको थियो भने समाचार प्रमुख सागर भण्डारी र स्टेसन म्यानेजर प्रकाश घिमिरे र कार्यक्रम प्रमुख सुरज कार्कीले सहजीकरण गर्नुभएको थियो ।