गुल्मी। गुल्मीमा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पिसिआर परिक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल बहादुर कार्कीले जानकारी दिनुभयो ।
संक्रमित हुनेमा रेसुङ्गा नगरपालिकामा ९ जना, छत्रकोट गाउपालीकामा ५ जना, इस्मा गाउपालीकामा १ जना, मालीका गाउपालीकामा १ जना, धुर्कोट गाउपालीकामा १ जना र गुल्मीदरबार गाउपालीकामा १ जनागरी १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यो सगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या ७ सय ५५ पुगेको छ।
त्यस्तै,पछिल्लो २४ घण्टामा ४२ जना कोरोना संक्रमण मुक्त भएका छन् । अहिले सम्म कुल चार हजार सात सय ९२ जना कोरोना जितेर घर फर्किएको जनस्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ । गुल्मीमा दोस्रो कोरोना लहरका कारण गुल्मीमा ९५ जनाले ज्यान गुमाएका छन्।