छ्के न्युज \गुल्मी– दश वर्षे जनयुद्ध लडेका माओवादी लडाकुका कुरा सुन्दा अचम्म र दुःख जो कोहीलाई लाग्छ तर पछिल्लो समय माओवादी लडाकुे कहाँ छन्,के गर्दै होलान् भन्ने सबैको मनमा प्रश्न जाग्छ । तर १० बर्ष जनयुद्धमा होमिएका माओवादीका लडाकुहरुलाई पार्टीले उचित संरक्षण र राहात दिन नसक्दा कैयौं बिदेशको खाडिमा छन् त कति गाउँमै कृषि तथा पशुपालन गर्दै आएका छन् । त्यसै मध्ये गुल्मीका एक माओवादी लडाकुले गाउँमै कृषि तथा पशुपालन गर्दै आएका छन् ।
जिल्लाको मालिका गाउँपालिका वडा नं ८ मर्भुङ्ग दगाास निवासी नर बहादुर पौड्याल।उमेरले ४० बर्ष पुगेका पौड्याल १० बर्षिय जनयुद्धका एक माओवादी लडाकु हुन् । २०५३ सालमा भारतमा अखिल भारत नेपाली एकता नामक बिधार्थी संगठनबाट राजनीति सुरु गरेका थिए । २०५७ सालमा नेपालमा फर्किएर जनमुक्ति सेनाबाट अझ शसक्त भई राजनीतिमा लागेका थिए । १० बर्ष जनयुद्धमा उनका कैयौ सहयोद्धाले ज्यान गुमाए त कतिले परिवार नै गुमाए । उनी संगै राजनीतिमा सहयात्रा गरेका साथीहरु उच्च स्तरिय जीवन जिउँदै आएका छन् भने कति निकै दयनिय अबस्थामा छन् । टन्न धन सम्पती कमाएका केहि साथी पार्टीको ठुलो नेत्रित्वमा पुगेको बताउँछन् पौड्याल ।
समाजमा जनताले भोग्दै आएको बिभेद, असमानता र हिंसालाई चिरफार गरी समुन्नत समाज निर्माणको सपना बोकेर युद्धमा होमिएका गुल्मी मालिका ८ का पौड्याल २०६८ साल देखी संर्घषशिल कृषि तथा पशुपन्छी फार्म संचालन गर्दै आएका छन् । युद्धको समयमा उनको बायाँ खुट्टा, दायाँ हात र बायाँ कोखमा गोली लागेको छ । उनी शारिरीक रुपमा अशक्त भएपनि ब्याबसायिक बाखा्र फार्म संचालनबाट भएको आम्दानीले घरपरिवारको गुजरा चलाउँदै आएका पूर्व लडाकु पौड्याल ले बताए ।
उनले ५ लाख लगानीमा बाख्राको खोर तथा घासँको बिरुवा उत्पादन गर्न नर्सेरी समेत स्थापना गरेका छन् । उनको फार्म बिस्तारै राम्रो हुदै गएको पौड्याल परिवारको भनाई छ । १० बर्षिय युद्धको समयमा रुकुम खारा,दाङको भालुबाङ लगाएयका जिल्लामा रहेर युद्धमा होमिएको उनको अनुभव छ । विस्तृत शान्ती सम्झौता पछि अनिवार्य शैक्षिक अवकास उनले राज्यबाट लिदैँ आएको सेवा सुविधा न्युन भएका कारण आफुहरु जस्ता धेरै माओवादी लडाकुहरु बिचल्ली परेको पौड्याल बताउँछन् । न पार्टिको संरक्षण त न राज्यले दिदैँ आएका सेवामा आत्मनिर्भर बन्न नसकेपछि कृषि र पशुपालमा आफूहरु लाग्न बाध्य भएको बताउँछन् । (हेरौं नाइस टेलिभिजन एचडिका लागी गुल्मी संबाददाता मनोज कार्कीको भिडियो रिपोर्ट)