राधा पोख्रेल गुल्मी-गुल्मीमा पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।एन्टिजेन परिक्षण गर्दा ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो ।उहाँका अनुसार जिल्लाको छत्रकोट गाउँपालिकामा ३१ जना, धुर्कोट गाउपालीकामा ७ जना,इस्मा गाउँपालिकामा ५ जना,रुरुक्षेत्र गाउँपालिकामा ४ जना र मदाने गाउँपालिकामा ३ जना गरि ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ७५ जना निको भएर डिस्चार्ज भएका छन ।जिल्लामा संक्रिय संक्रमित ६ सय ६३ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९५ जनाले ज्यान गुमाएका छन ।
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२