दिपेन्द्र सुनार\ भाद्र ८ प्युठान -कोरोनाका कारणले बन्द अवस्थामा रहेका प्युठानको झिमरुक गाउँपालिकाका बिद्यालयहरु खुलेका छन् । जिल्लामा कोरोनाको संक्रमण दर घटेको र गाउँपालिका भित्र कोरोनाका सक्रिय संक्रमित कम भएकोले विद्यालय खुल्ला गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको शिक्षा समितिको बैठकले सामुदायिक र संस्थागत बिद्यालय खुल्ला गर्ने निर्णय गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख मोहन बिसीले जानकारी दिए । सामुदायिक र संस्थागत दुवै विद्यालय स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर खोलिएको गाउँपालिकाले जनाएको छ ।गाउँपालिकामा अहिले सामुदायिक ४६ तथा संस्थागत ८ गरि जम्मा ५४ बिद्यालय रहेका छ्न् ।