छड्के न्युज /भदौ २० गुल्मी – गुल्मीमा पछिल्लो २४ घण्टामा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पिसिआर परिक्षणको क्रममा ५ जना र एन्टिजेन परिक्षणमा ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको रुरुक्षेत्र गाउपालीकामा ३८ जना, इस्मा गाउपालीकामा २४ जना ,धुर्कोट गाउपालीकामा ३ जना,गुल्मीदरबार गाउपालीकामा ३ जना, छत्रकोट गाउपालीकामा २ जना, रेसुंगा नगरपालीकामा १ जना ,चन्द्रकोट गाउपालीकामा १ जना र सत्यवति गाउपालीकामा १ जना गरि ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५६ जना निको भएर डिस्चार्ज भएका छन ।जिल्लामा संक्रिय संक्रमित २ सय ९७ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९६ जनाले ज्यान गुमाएका छन ।