राधा पोख्रेल ,भाद्र २१ गुल्मी \छड्के न्युज- गुल्मीमा पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षणको क्रममा २ जना र एन्टिजेन परिक्षणमा २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको रुरुक्षेत्र गाउपालीकामा १४ जना, धुर्कोट गाउपालीकामा ७ जना, रेसुंगा नगरपालीकामा २ जना , छत्रकोट गाउपालीकामा १ जना, मालीका गाउपालीकामा १ जना गरि २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा ४७ जना निको भएर डिस्चार्ज भएका छन । जिल्लामा संक्रिय संक्रमित २ सय ७५ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२