उत्कृष्ट कर्मचारीलाई सम्मान तथा यस संस्थालाई विभिन्न व्यक्तिले पुयाएको योगदानको उच्च कदर गर्दै सम्मान कार्यक्रम गरेको हो। कार्यक्रमा विभिन्न व्यक्तिहरुलाइ सम्मान गर्ने क्रममा रेडियो रेसुङ्गा प्राली गुल्मीका स्टेसन म्यानेजर अनिता खत्रीलाइ पनि सम्मान गरिएको छ । शुभलक्ष्मी फर्मा नेशनल प्याथ ल्याव एण्ड रिसर्च सेन्टर गुल्मीलाई रेडियो रेसुङ्गाले खेलेको भुमिकाको प्रसंसा गर्दै रेडियोको स्टेसन म्यानेजर खत्रीलाइ सम्मान गरिएको छ।
सम्मानकै अबसरमा सोही सस्थामा प्रसासन तथा प्राबिधिक क्षेत्रमा कार्यरत बेदुराम पान्डे, बिमला बोहोरा,सन्तोस पुन,प्रदीप श्रेष्ठलाई सम्मान समेत गरिएको थियो ।सस्थाका प्रबन्धक होम पल्लिको अध्यक्षता रहेको कार्यक्रममा गुल्मी अस्पताल तम्घासका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर उत्तम पच्याको प्रमुख आतिथ्यता रहेको थियो ।
वरिष्ठ बाथरोग विशेषज्ञ नेशनलबाथरोग सेन्टरका डा.विनित वैद्य, नेशनलबाथरोग सेन्टरका डाक्टर रोशन कक्षपति, कार्यकारी निर्देशक वरिष्ठ शिशु तथा बालरोग विशेषज्ञ आम्दा अस्पताल बुटवल डाक्टर सन्तोष पोखरेल लगाएतको आतिथ्यता रहेको थियो।साभार: रेडियो रेसुङ्गा
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२