प्रधानमन्त्रीकै तह बाट शिक्षा सचिव मार्फत आयोगलाई उक्त दबाब दिएको उच्च श्रोतको दाबी छ। १८ वर्ष उमेर पुगेका स्नाकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेका र शिक्षक सेवा नियमावली अनुसार अयोग्य नभएका जो कोहीले लाइसेन्स परीक्षामा आवेदन दिन सक्ने गरि लाईसेन्सको बिज्ञापन गर्न दबाब परेको हो।
अहिले देशभर ५० हजार भन्दा धेरै स्थायी शिक्षकको दरबन्दी खाली छ। फेरी शिक्षकको बिज्ञापन हुन समय लाग्ने र अवसर बाट धेरै जनशक्ति बन्चित हुने भएपछि लाइसेन्सको बिज्ञापन गर्न माग भएको हो।
आयोगले उक्त बिषयलाई पनि समेट्ने तयारी गरेको हुँदा शिक्षकको बिज्ञापन हुन नसकेको हो।जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयका कोर्ष कन्ट्रायक्ट शिक्षकहरु करार नियुक्ति माग्दै आन्दोलित भएका छन् ।
१५ दिनसम्म सांकेतिक आन्दोलन गर्दा पनि माग पूरा नभएपछि उनीहरुले बुधबार विश्वविद्यालयको उपकुलपति र रजिष्टारको कार्यालयमा ताला लगाएका थिए । उपकुलपति प्रा. भरत झाले प्रहरी बोलाएर आज दिउँसो ताला फोडेपछि विश्वविद्यालयमा केहीबेर स्थिति तनावपूर्ण भएको थियो ।
आन्दोलित शिक्षकहरुले पुनः तालाबन्दी गरेपछि विश्वविद्यालयका उपकुलपति प्रा. झाले वार्ता गर्ने भएका छन् । माग पूरा नभएसम्म तालाबन्दी जारी राख्ने चेतावनीपछि उपकुलपतिले छलफल गर्न बोलाएको कोर्ष कन्ट्रायक्ट शिक्षक संघका सभापति दिलिप कुमार यादवले जानकारी दिए ।
विश्वविद्यालयमा अहिले ३२ जना कोर्ष कन्ट्रायक्ट शिक्षक कार्यरत छन्। स्थापना कालदेखि नै आफूहरु विश्वविद्यालयमा कार्यरत रहे पनि करारमा नियुक्त गर्न आनाकानी गरेकाले आन्दोलनमा उत्रनुपरेको शिक्षकहरुको गुनासो छ ।