रामकृष्ण कंडेल/ भाद्र ३० गुल्मी – नेकपा (एमाले)का सचिवद्वय प्रदिपकुमार ज्ञवाली र गोकर्ण विष्टले आज आफ्नो गृह जिल्लाका एमाले अगुवा कार्यकर्ताको भेलालाई तम्घास स्थित इन्द्रेणी पार्टी प्यालेसको सभाहलमा सम्बाेधन गर्ने कार्यक्रम छ।
भेलामा केन्द्रीय कमिटिका सदस्यहरु, केन्द्रीय विभाग र निकायका सदस्यहरु, प्रदेश कमिटिका पदाधिकारी तथा सदस्यहरु, जिल्ला कमिटि, गाउँपालिका तथा नगरपालिका कमिटि, वडा कमिटिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहने बताइएको छ।
भेलालाई पार्टी सचिवद्वय ज्ञवाली र विष्ट तथा पार्टीका अन्य जिम्मेवार नेताहरुले समेत सम्बोधन गर्ने बुझिएको छ। भेला सम्पन्न गर्न जिल्ला पार्टी मातहतका कमिटी र जनवर्गीय संगठनहरु परिचालन गरिएको तथा व्यवस्थापकीय सबै तयारी पूरा भएको छ।
पार्टी विभाजनका नाममा अलमलमा परेका नेता कार्यकर्तालाई स्पष्ट पार्न जिल्लामा बृहत भेला आयोजना गरिएको हो।पार्टीमा देखिएको समस्या पछि पहिलोपटक हुन लागेको जिल्ला भेलालाई सन्देश प्रवाहका रुपमा देखाउने गरी एमालेको सम्पूर्ण पंक्ति परिचालन गरिएको छ।