किरण अधिकारी , भाद्र ३० गुल्मी / छड्के न्युज डटकम – गुल्मी इस्मा गाउँपालिका वडा नं १ छल्दी भ्युटारी निवासी कपिल मुखिया उमेर ले भर्खरै ४० पुगेका छन आर्थिक अवस्था एकदमै दयानिय त छदै थियो त्यसैमाथि उनका एकैपटक दुवै मृगौला फेल भएर जिवन र मोरणको दोसाँध मा बाचिरहेका छन। आर्थिक अवस्था नाजुक, उनका श्रीमती र एक छोरा एक छोरी छन्। भारतमा रोजगारी गर्दै आएका कपिल मृगौला मा धेरै समस्या देखिएपछि तिन महिना पहिले घरमा आएका थिए। उनले भारतमा रोजगारी गर्दा पारिवारको खर्च जसोतसो जोउ गर्दै आएका थिए। तर उनी बिरामी भएर नेपाल आएपछि उनको परिवारको बिचल्ली हुन पुगेको छ। श्रिमती उनै कपिल को स्याहार गर्नमा ठिक्क छन छोरा छोरी साना परिवार मा एक पैसा पनि आम्दानीको रूपमा जुटाउने कोही छैनन्।
कपिलको सहयोगार्थ सामाजिक अभियान्ता बाबुराम पन्थीको अभियान र अन्य गरी ८६ हजार नगद हस्तान्तरण गरिएको । कपिल को अवस्था निकै दयानिय भएको हुँदा उनलाई सहयोग को निम्ति केही गर्न सकिन्छ, भनेर देश विदेशमा रहनुहुने दाजु भाई दिदी बहिनीहरु सरोकारवाला सबै समक्ष पिडित कपिलको सहयोगको निम्ति अभियान बाट सहयोगी महानुभावहरुले आर्थिक सहयोग गर्नु भएको थियो। दुखको जन्घोरमा रोमलिरहेको कपिल र उनको परिवार लाई केही हदसम्म भएपनि आफुले गर्न सक्ने मद्दत गरेको र अझै अभियान जारि रहेको हुँदा सहयोग गर्न चाहानुहने ले सहयोग गर्न सक्ने अभियान्ता पन्थी बताउँछन्।
वडा अध्यक्ष चुरा बहादुर खत्रीका अनुसार म निर्वाचित भएकै वडाको छल्दी भ्युटारी मा बसोबास गर्दै आएका कपिल मुखिया को दुवै मृगौला फेल भएको र आर्थिक अवस्था अत्यन्तै दयानिय रहेको खबर आएपछि म लगायत सामाजिक अभियन्ता बाबुराम पन्थी मोहन बस्नेत संगै साथिहरु एक टोली पिडितको घरमा पुगेर तत्कालै मरो व्यक्तिगत तर्फबाट रू. १५००० अभियान्ता मोहन बस्नेत बाट रु. १०’००० र भुपाल केसी बाट रू.५५५० गरि करिब रू. ३०’००० जति सहयोग गरेको र उनको उपचार को निम्ति वडा बाट पनि केही रकम निकाल्न मिले सम्म सहयोग गर्न प्रतिबद्धता दिएको उनले भने। साथै गरिब दुखी निमुखा हरूको सहयोगार्थ निरन्तर रूपमा सक्रिय हुदै आएको र आगामी दिनहरुमा पनि अझै कटिबद्ध भएर लाग्ने र यसैको लागि वडा नं १ बासी आमाबुबा दाजु भाई दिदी बहिनीहरुले भोट दिएर मलाई वडा अध्यक्षमा जिताउनु भएको उनले उल्लेख गरेका थिए।
वडा अध्यक्ष लगायत सामाजिक अभियन्ता र सहयोगी दाताहरुको सहयोग बाट केही सहज भएको र अझै यसैगरी सबैले सहयोग गरिदिए त बाँच्न सकिन्थ्यो भन्ने आस पलाएको कपिल बताउँछन् । यो युवा अवस्थामै खतरा रोग को सिकार भै मृत्यु संग लडिरहदा उदास देखिन्छन् । कपिल भन्छन परिश्रम गरेर परिवारको जिम्मेवारी काधमा बोकेर हिँड्ने बेलामा रोग ले लडायो गरिबी को रेखामा रहेको मेरो परिवार आज मेरै रोगको कारण बिछिप्त भएका छन । बिहान बेलुका के खाने समस्या थियो नै यसैमाथी मेरै उपचारको निम्ति लाचाहार भएर सहयोग मागिरहेका छन् यस्तो अवस्थामा देख्दा म बाचेर परिवार को निम्ति बोझ भएको उनले भन्छन।
यस्तो हुनुभन्दा त बलिनधारा आँसु चुहाउँदै भन्छन् छिट्टै मर्न पाएपनि हुने। कपिल तिन चार वर्ष पहिले देखि नै मृगौला मा समस्या थियो सन्चो होला भन्ने आशामा जनतन उपचार गर्दै थिए, तर पछि एक्कासी झनै समस्या मृगौला मा देखिएपछि चेक गराउदा दुवै मृगौला फेल भएको देखियो मृगौला फेर्न आफन्त कसैले मृगौला दिएपनि फेर्न २५ लाख रुपैया लाग्ने किन्न परे कति लाग्छ अन्दाज पनि गर्न नसकिने उनले भने। अहिले मृगौलाको डाईनोसिस गराउन त आफुसंग पैसा नभएर त्यहीँ सहयोगको रकम र केही रिन धन गरेर डाईनोसिस गराईरहेको छु हप्तामा दुई पटक गर्नुपर्छ। नर्मल नभए एकपटक गर्दा चार देखि पाँच हजार सम्म खर्च हुने उनले बताए।
रोगी भएर उपचार गर्न नसक्दा गरिबी हुँदा को असली पिडा बोध भएको कतैबाट सहयोग जुटेर मृगौला फेर्न पाए बचाउन सकिन्थ्यो। तर यत्तिका रकम काहाँ बाट कसरी जुट्ला र खै सबै भगवानको हातमा छ । देश विदेशमा रहनुहुने सबैले मिलेर कपिल को ज्यान बचाइदिनको लागि अनुरोध गरेका छन् मुखिया परिवार ले।