कृष्ण अन्जान, भाद्र ३० रुरु गुल्मी । रिडी माध्यमिक विध्यालको सभाहल विध्यार्थी हरुले आइतवार खचाखच भरिएको थियो तर स्वास्थ मापदण्ड का सबै अवयव हरु प्रयोग भएका थिए ।
विध्यालयको विशाल सभाहलमा जम्मा भएका विध्यार्थीहरुलाई सामाजिक दुरी कायम गरि राखिएको थियो ।
सभाहलमा भित्र पस्दा सबै विध्यार्थी हरुले मास्कको प्रयोग गरेका थिए र गेटमा राखिएको स्यानिटाईजर हातमा लगाउँदै छुट्याइएक सिट हरुमा वसे ।विध्यालयका गुरुहरुले विध्यार्थीलाई अनुशासित भएर बस्न अह्राए र विध्यार्थीहरुले पनि त्यहि गरे ।
कक्षा ११ र १२ का करिव असि जना विध्यार्थीले भरिएको सभाहलमा आज के हुँदैछ विध्यार्थी अनबिज्ञ थिए ।
केहिबेरमा नचिनेका मान्छे हलमा छिरे ।सबै सँग परिचय गरे र विध्यालयका प्रधानाध्यापक रोहित भण्डारी ती अपरिचित मान्छेको परिचय गराउनु भयो र शुरु भयो एउटा नया अध्यापनको अध्याय ।त्यो कार्यक्रममा सरहरु पनि विध्यार्थी सँग सँगै थिए ।यत्तिकै मा ती मान्छे ले सरकारी जागिरमा कसरी पस्ने भन्ने बारेमा आफ्नो प्रस्तुति गर्न थाले ।
साँच्चै रिडी माध्यमिक विध्यालयको ईतिहासमै यो नौलो सिकाई अभ्यास थियो र यो सिकाईको सहजिकरण गर्दै हुनुहुन्थ्यो लुम्बिनी प्रदेश शिक्षा विकास निर्देशक टिकाराम अर्याल ।
पढेपछि जागिर खाने सोँच कसलाई हुँदैन र अझै निजामती क्षेत्रको उच्च पदका व्यक्तित्व विध्यालयमा आएर सरकारी जागिर खाने तरिका सिकाउँदा विध्यार्थी हरु उत्साहित भएर सुने र समय गएको पत्तै भएन ।
निर्देशक अर्यालले निजामती सेवा र यसमा प्रवेश गर्दा गर्नु पर्ने तयारीका बारेमा राम्रै सँग सिकाउनु भएको प्रतिक्रिया विध्यार्थी हरुको छ ।
हामीले यो नौलो प्रयोग गर्यौँ र त्यसमा पनि निजामती क्षेत्रकै उच्च व्यक्तित्वलाई पाउँदा हामी उत्साहित भयौँ र यो अवसरका लागि लुम्बिनी प्रदेश शिक्षा विकास निर्देशक टिकाराम अर्याल सरलाई धेरै धन्यवाद दिन्छौँ विध्यालयका प्रधानाध्यापक रोहित भण्डारीले भन्नु भयो ।
यति ठुलो अवसर दिएकोमा विध्यालय व्यवस्थापन र शान्त र शालिन रुपमा आफ्ना कुरा सुनेकोमा निर्देशक अर्यालले विध्यार्थी हरुलाई धन्यवाद दिनु भयो ।
यहि कार्यक्रममा विध्यालयका १० जना शिक्षकहरुलाई पठनपाठनमा सजिलो होस भनेर ल्यापटप समेत वितरण गरिएको छ ।
एकै दिन विध्यार्थीलाई निजामती सेवामा कसरी लाग्ने भनेर उत्प्रेरित गरिनु र शिक्षक हरुलाई ल्यापटप वितरण गरेर रिडी माध्यमिक विध्यालयले शिक्षक र विध्यार्थीलाई खुशि पारेको छ ।
गुल्मीको प्रवेश द्दारमा रहेको यहि विध्यालय हो जस्को अत्याधुनिक भवन सम्पुर्ण भौतिक पुर्वाधार र विध्यालय ले विध्यार्थीका लागि स्कुल बसको समेत व्यवस्था गरेको छ।