सागर भण्डारी,गुल्मी – विद्युत आपूर्ति नहुँदा गुल्मीको मुसिकोट नगरपालिका स्थित वामीटक्सार बजारमा नेपाल टेलिकमको सेवा प्रभावित भएको छ । नगरपालिकाको केन्द्र वामीटक्सार बजारलाई केन्द्रित गरेर स्मालिथानमा राखिएको टावरबाट सेवा सुचारु हुन सकेको छैन् ।
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२
विद्युत अवरुद्ध भएपछि टेलिकमले वैकल्पिक व्यवस्था नगर्दा विगत १ महिना देखि नेपाल टेलिकमको सेवा प्रभावित बनेको हो । टेलिकमले प्रयोग गर्दै आईरहेको स्थानीय परोपकार लघुजलविद्युत आयोजना विगत लामो समयदेखि बन्द भएपछि नेटवर्क पनि प्रभावित भएको छ ।
विद्युत आपूर्ति बन्द भएपछि टेलिकमले वैकल्पिक व्यवस्था गरी सेवा सुचारु गर्नुपर्नेमा त्यसो नगर्दा स्थानीयहरु सञ्चार विहिन बनेका छन् ।सेवाग्राही गोपाल सापकोटाले विगत १ महिना भन्दा लामो समयदेखि नेपाल टेलिकमका सबै सेवा प्रभावकारी हुन नसकेको गुनासो गर्नुभयो ।
उहाँले एक त मोबाईलमा नेटवर्क नै नआउने र अर्कोतर्फ आएपनि नेटवर्क कमजोर हुँदा घण्टी गएको सुनिए पनि कुराकानी नहुने समस्या रहेको बताउनुभयो । ‘इन्टरनेट पनि निकै सुस्त छ’, सापकोटाले भन्नुभयो ।
परोपकार जलविद्युत आयोजना बन्द भएकाले विद्युत आपूर्ति बन्द छ । विद्युत आपूर्ति नभएकाले टेलिकमको सेवा सुचारु गर्न समस्या भएको नेपाल टेलिकम गुल्मीका प्रबन्धक रुकमागंत सापकोटाले बताउनुभयो । केन्द्रीय प्रशारण लाईनको विद्युत जडान गर्नका लागि जिल्लाले गरेर नहुने भन्दै उहाँले प्रदेश सगं समन्वय गरेर प्रक्रिया अगाडी बढाईएको जानकारी दिनुभयो । विद्युत सेवा बन्द हुँदा सबैतिरका सेवाग्राही मर्कामा पर्दै आएका छन् ।