रुरु क्षेत्र गाउँ पालिकावडा न १ रिडी गुल्मीमा संविधान दिवसका अवसर पारि बिजेतालाई पुरस्कार वितरण तथा सहयोग दातालाइ सम्मान गरिएको हो। प्रतियोगितामा प्रथम दिपिका थापा र बिनिता भुसाल, द्धितिय सोनिका पाण्डे , तृतीय बिहानि ज्ञवाली र सान्त्वना बर्सा भण्डारी र पृय मिदुन भएका छन ।
रुरु धार्मिक सेवा सन्चार प्रा लि रिडी र कालीगण्डकी पोष्टले संयुक्त रुपमा अन्लाईन तिज नृत्य प्रतियोगिता सन्चालन गरेको थियो। रुरु सन्चारका अध्यक्ष चुरामणि तिमिल्सिनाको अध्यक्षता रहेको कार्यक्रममा रुरु क्षेत्र गाउँ पालिका वडा न १ का वडा अध्यक्ष रामलाल बिकको प्रमुख आथित्यताा रहेको थियो।
यस्तै अथिति हरुमा कांङगेसका अमुल्य श्रेष्ठ, एमालेका माधव ज्ञवाली, उधोग बाणिज्य संघका सुबर्ण लाल कक्षपति, वडा सदस्य सालिकराम ज्ञवाली , पर्सुराम ज्ञवाली , कार्यपालिका सदस्य भगबति बराल मानव सेवाका अध्यक्ष जिवन कुमार कसजु , विभिन्न संघ सस्थाका प्रमुखहरु महिला समुहका प्रमुखहरु,सुरक्षा निकाय,सामाजिक अभियानहरु लगायतको आथित्यता रहेको थियो ।
रुरु सन्चारका सदस्य सुदिप न्यौपानेको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रममा बिजेता टोलिलाइ पुरस्कार वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि बिकले रुरु धार्मिक सेवा सन्चार प्रालिले हरेक गतिविधिहरुले रुरु क्षेत्रको पर्यटन प्रबन्धमा टेवा पुर्यायकोले आफुहरुले प्रा लि लाई निरन्तर रुपमा सहयोग गर्दै आयको बताउदैआगमि यस सस्थाले गर्ने भजन महोत्सव कार्यक्रमलाई पनि पुरस्कार का विषयमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो।कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले विभिन्न क्षेत्र बाट सहयोग पुर्याउने महान भावहरुलाइ धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यक्रमका साथ रुरु सन्चार सेवा निरन्तर लाग्ने बताउनु भयो उहाँले सबै सहभागीहरुलाई कार्यलय बाट प्रमाणपत्र लिन पनि आग्रह गर्नु भयो ।यस्तै यहीँ कार्यक्रममा वडा न १ रिडीले संविधान दिवसको अबसर पारि शुभकामना आदान प्रदान तथा दिप प्रजनन गरेर सहिद्हरुलाइ सम्झना गर्दै संविधानका विषयम चर्चा समेत गरेको थियो। कार्यक्रमको सन्चालन वडा न१ का वडा अध्यक्ष राम प्रसाद ज्ञवालीले गर्नुभएको थियो।
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२