असोज ८ गुल्मी : गुल्मीको दोहली स्वास्थ्यचौकीका एम्बुलेन्स चालक माथि स्थानीय युवाले कुटपीट गरेका छन् । इस्मा गाउँपालिका ४ दोहलीका ३८ बर्षीय दान बहादुर पाण्डेयलाई स्थानीय लिल बहादुर अछामीले गम्भिर घाइते हुने गरेर कुटपीट गरेका हुन् । पाण्डेयको कुटपीटबाट आँखामा निल डाम छ । भने आँखा माथिको हड्डी फुटेको छ ।दाँत झरेको, खुट्टा र शरिर सुन्निएको पीडितले बताए । राति नाक र मुखबाट रगत बगेको अवस्था फेला पाारेपछि तत्काल गुल्मी अस्ताल रेफर गरिएको इस्मा कोभिड १९ अस्पतालका प्रमुख डाक्टर निश्चल शर्माले बताए ।
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२
बिरामी घरमा लैजान स्वास्थ्यचौकी आउँदा बाटोमै कार्यालय नजिकै आफुलाई कुटपीट भएको पीडत दान बहादुर पाण्डेयले बताए। । पीडितसंगै संयुक्त एम्बुलेन्स चालक संघले जिल्ला प्रहरी कार्यालयमा घटनाका दोषिहरुलाई कारबाहीको माग गरेर उजुरी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीमा सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पुरुषोत्तम पाण्डेयले घटनामा संलग्नको खोजि कार्य जारी भएको बताए ।