छड्के न्युज / असोज ९ गुल्मी– हिन्दु नेपाली नारिहरुको महान पर्व बडा दशै नजिकिन थाले सङ्गै नेपाली बजारमा दशैका गीत सार्बाजानिक हुन थालेका छन् । कयौं पुराना दशैका गीतले संगीतको बजार तातेको छ भने कतै नयाँ गीतले पनि बजार उत्तिकै तात्न थालेको छ । नेपाली कला र सस्कृतीको संरक्षण र जगेर्ना गर्ने उदेश्यका साथ सन्चारकर्मी तथा शब्द शर्जक बासुदेब पोखरेलको खाली निधार नामक नयाँ दशै गीत बजारमा सार्बजनिक भएको छ ।
नेपालीले प्रदेशी भुमिमा भोग्दै आएको दुःख , पीडा र वेदनालाई समेटी गीत बजारमा ल्याइएको सन्चारकर्मी तथा शर्जक पोखरेलले छड्के न्युजलाई बताए । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात् ( कोभिड -१९) कारण बिदेशमै बस्नुपर्ने बाध्यता र गाउँ घरपरिवारको माया , कर्मभुमीबाट जन्मभुमि फर्कन नपाउदाको पिडा गीत मार्फत प्रस्तुत गर्न खोजिएको सन्चारकर्मी तथा शर्जक पोखरेलको भनाइ छ ।
बजारमा सार्बजनिक भएको खाली निधार नामक दशै गीतमा लय मनोज ढकालले भरेका छन् । जुन गीतको शब्द सिर्जना सन्चारकर्मी तथा शब्द शर्जक बासुदेब पोखरेलले गरेका छन् भने उक्त गीतमा चर्चित गायिका टीका पुन र गायक कृष्ण लामिछानेले भरेका छ । गीत कोशेली नेपालले बजार पठाएको छ । भिडियोमा स्वोस्तिका सिह र सुर्य वलीले अभिनय गरेका छन् । (हेर्नुहोस पुरा भिडियो..) https://youtu.be/eTyaXiB7PvA