कृष्ण अन्जान, पोखरा- ग्रामिण विकास लघुवित्त वित्तिय संस्थाले ९साविक ग्रामिण विकास बैंक०शाखा कार्यालय हेमजा ९हाल पोखरा १ बगर०ले पोखरा महानगरपालिका १६ बाटुलेचौर निवासी सुनिता कुँवरको आश्रित परिवारलाई विमा दाबी वापतको रकम प्रदान गरेको छ ।
शाखाका प्रबन्धक जयकृष्ण भुषालले सोमबार उनका हकवाला छोरा सुशान्त कुँवरलाई २ लाख १२ हजार २सय ६० रुपैयाँको चेक हस्तान्तरण गरे । बैंकको शाखा अन्तर्गत केन्द्र नम्बर १९ अन्तर्गत समुह नम्बर १२मा आबद्ध सदस्य कुँवर २०७८ साउन १ गते कोभिड १९को कारण निधन भएको थियो ।दिप महिला समाजका केन्द्र प्रमुख समेत रहेकी कुँवरलाई शाखा कार्यालयबाट २०७७ मंसिर ९ गते ३ लाख कर्जा लगानी गर्दाको बखत बैंकबाट ३ लाखका कर्जा विमा गरेको थियो । शाखा प्रबन्धक भुषालले रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीबाट कुँवरको मृत्यु पश्चात विमा दाबी वापतको रकम तथा काजकिरिया खर्चको रकम ३ लाख ९० हजारबाट उनले बंैकलाई बुझाउनु पर्ने साबाँ व्याज रकम कट्टा गरी बाँकी रहेको रकम हस्तान्तरण गरिएको बताए । ‘कर्जा लगानी गर्दाको बखत सदस्य कुँवरले कर्जा विमा गरेकोले अहिले परिवारको लागि थोरै भएपनि राहत भएको छ,’शाखा प्रबन्धक भुषालले भने, ‘विमको रकम भवितव्यको वेलामा काम लाग्ने रहेछ ।’
कार्यक्रममा केन्द्र तथा समुहका सदस्यहरुको सहभागिता रहेको थियो । सैनिक आवासीय विद्यालयका कक्षा ७मा पढ्ने सुशान्तका बाबु सुरज कुँवरको मुटुको रोगको कारण गत मंसिर महिनामा मृत्य भैसकेको छ ।लघुकर्जा मार्फत गरिबी निवारणका क्षेत्रमा काम गरिरहेको ग्रामीण विकास लघुवित्त ले सातवटै प्रदेशमा आफ्ना शाखा मार्फत लघुकर्जा र लघु बचतको काम गरिरहेको छ ।
समुहगत रुपमा विनाधितो कर्जा वितरण गर्दै आईरहेको सरकार द्वारा स्थापना गरिएको यो वित्तीय सँस्थाको प्रधान कार्यालय बुटवलमा रहेको छ ।विगतमा पाँच विकास क्षेत्रमा छुट्टाछुट्टै रुपमा रहेको साविकका ग्रामिण बैँक हरु मर्जर भै सकेपछि देशकै ठुलो लघुवित्त सँस्था बनेको छ ।