काठमाडौं – नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्ड लाने तयारी गरिएको छ।सुमेरु अस्पतालमा उपचारत पुनको स्वास्थ्यमा कुनै सुधार नभएपछि थाइल्याण्ड लाने तयारी गरिएको माओवादीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखाले जानकारी दिएका छन् । पुनलाई जन्डिस बल्झिएपछि उपचारका लागि विदेश लैजान लागिएको हो।
निकै समय भइसक्दा पनि अहिलेसम्म स्वास्थ्यमा सुधार भएको छैन। आज दिनभरी सबै रिपोर्टको अध्ययन गरिने छ। दिनभर स्वास्थ्यमा कुनै सुधारका संकेत नदेखिए थाइल्याण्ड लग्ने तयारी छ ।सापकोटाले भने ‘चिकित्सकले सकेसम्म नेपालमै उपचार गरेर निको बनाउने प्रयास गरेका छन् ।