खोज पत्रकारिताको नयाँ अभ्यास भन्ने मूल नाराका साथ छड्के मिडिया प्रा. लि. द्वारा संचालित छड्के न्युज डटकम अनलाइन पत्रिका संचालनमा ल्याएका छौँ । खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउने उदेश्यले २०७८ साल असोज ०८ गते देखि गुल्मी जिल्लामा डिजिटल अनलाइन पत्रीका छड्के न्युज डटकम(www.chhadkenews.com Online News Protal) संचालनमा ल्याएका हौं ।
गुल्मी जिल्ला सङ्गै लुम्बिनी प्रदेशलाई केन्द्र बनाएर सत्य तथ्य र निश्पक्ष सहितको खोज पत्रकारितामा केहि नयाँ पन दिने सोचमा हामी अनलाइन पत्रीका संचालनमा ल्याइएको हो । छोटो समयमै हामीलाई धेरै पाठक तथा दर्शकले माया दिइरहनु भएको छ ।
२१ औ शताब्दीमा पाठकबर्गलाई समाजमा हुने घटना र समाचार छिटो र छरितो दिने एक बिश्वासिलो संचार माध्यम स्थापित बनाउने सोचमा यहाँको आबश्यकता र महत्वलाई बुझेर अनलाइन पत्रिका संचालनमा ल्याएका छौँ । छड्के मिडिया परिबारले यसलाई चुनौति र अवसर दुवैका रुपमा लिएका छौँ । अनलाइन पत्रीका छड्के न्युज डटकम बिल्कुलै सेवामूलक , सुचनामूलक र संचारमूलक रहने छ । अनलाइन पत्रीकाम हामी विशुद्ध समाज परिर्वतन गर्ने खालका समाचार , सुचना तथा पत्रिका सामाग्री रहने नै छन् ।
हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध नभई अनलाइन पत्रिकाको माध्यमबाट जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र बिसङ्गतीलाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवाला निकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोग गर्नेमा हाम्रो टिम हरपल लागिरहने छौँ ।
यस अनलाइन पत्रीकाको प्रमुख क्षेत्र गुल्मीलाई आधार बनाइ विशेष लुम्बिनी प्रदेशमा केन्द्रित हुनेछ । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा अनलाइन पत्रिकालाई सहयोग गर्नुहुनेप्रति हार्दिक आभार प्रकट गर्दछौँ ।(छड्के न्युज डटकम परिवार)