चुरामणि तिमिल्सीना / असोज १५ गुल्मी / छड्के न्युज डटकम-गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी बसपार्कमा बिहिवार देखि नागरिक सहायता कक्ष शुभारम्भ गरिएको छ ।
हिन्दु नेपालीहरुको महान पर्बहरु बडादसै , शुभदिपावलि तथा छठपर्व हरुलाई मध्यनजर गर्दै बिहिवार देखि नागरिक सहयता कक्ष शुभारम्भ गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडीका प्रहरी सहायक निरिक्षक नम बहादुर थापाले जानकारी दिनुभयो।
पर्वहरु नजिकिदै गर्दा यातायातको चाप पनि बढ्ने र यात्रुहरुको पनि भिड भाड हुने भएकोले बिगतका वर्षहरुमा जस्तै यस वर्षपनि प्रहरी बिटमा नै सेवा सुभारम्भ गरिएको ईलाका प्रहरी कार्यलय रिडीका प्रहरी निरीक्षक शुभ राज बमले बताउनुभयो । यता प्रहरी हबल्दार जगत खनालले ठुला देखि साना सवारी साधनहरु चलाउने चालक हरुले इजाजत पत्र बिना नै सवारी चलाएकोले आफनो टोलिले नियमित सडकमै चेक जाँच कार्यलाई पनि तिब्रता दिएको बताउनुभएको छ ।