सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com
सुमन महतारा बिगत ५ बर्षदेखि गुल्मी जिल्लामा रहेर क्रियाशिल रुपमा पत्रकारिता गर्दै आएका छन् |
गुल्मी – गुल्मीको इस्मा गाउँपालिकामा निःशुल्क मुटु शिविर संचालन हुँदैछ । गाउँपालिकाको वडा नम्बर २ छल्दीमा रहेको पालुखा माध्यमिक विद्यालयमा पुस ३० गते निःशुल्क मुटु परिक्षण शिविर संचालन गर्ने भएको हो । गाउँपालिकाले दिर्घरोगी र ६० बर्ष माथिका नागरिकको निःशुल्क मुटु परिक्षण गर्न लागेको गाउँपालिकाका प्रवक्ता पार्वती कुँवरले जानकारी दिइन् । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम बमोजिम इस्माली नागरिकको स्वास्थ्य परिक्षण अन्तर्गत माघी मेलाको अवसर पारेर कार्यक्रम आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती कुवँरले बताइन् । उनका अनुसार साँस्कृतिक कार्यक्रम सहित स्वास्थ्य परिक्षण हुने र यसबाट दोहोरो फाइदा हुन्छ । मुटु शिविरमा मुटुरोग बिशेषज्ञ डा. सुमन्ता बञ्जाडे सहितको समूह आउँदैछ ।…
पौष ०८, गुल्मी – गुल्मीको सिमिचाैरमा रहेको रेसुङ्गा विमानस्थलमा पुषको अन्तिम साता डेमाेन्सटेसन उडान गर्ने भएको छ । तत्कालीन संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रदिपकुमार ज्ञवालीले २०६३ सालमा शिलान्यास गरेको रेसुङ्गा विमानस्थलबाट तारा एयरले डेमाेन्सटेसन उडान गर्ने भएको हो। यसअघि २०७५ साल जेठ २५ गते तारा एयरकाे ९ एनएकेएल कल साइन भएको विमानले परिक्षणकाे रुपमा उडान भरेको र उडान सफल भएको थियो । विमानस्थल धावनमार्ग ५ सय २० मिटर लम्बाई र चाैडाइ २० मिटर छ । १५६ राेपनि जग्गामा फैलिएको विमानस्थलमा निर्माण सकिदा सम्म ३२ कराेड ९० लाख रुपैयाँ खर्च भएको विमानस्थल गुल्मीका इन्जिनियर दिनेश परियारले बताए । रेसुङ्गा…
सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com