गुल्मी – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावीको २४ लाख ६० हजार रुपैयाँ भुक्तानी गरेको छ । धुर्कोट गाउँपालिका -०२ पिपलधारा निवासी शिवकला खनालको ५२ बर्षको उमेरमा भिरबाट लडेर मृत्यु भएपछी उनको मृत्यु दावी भुक्तानी इन्स्योरेन्स कम्पनीले श्रीमान् केशवराज खनाललाई हस्तान्तरण गरेको हो ।
सोमबार उक्त मृत्यु दाबी रकमको चेक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी तम्घास उपशाखा प्रमुख हरि बहादुर केसीले मृतकका श्रीमान् केशवराज खनाललाई हस्तान्तरण गरेका हुन् ।
खनालको घाँस काट्ने क्रममामा भिरबाट लडेर २०७९ पौष १२ गते अकालमै ज्यान गएको थियो । गाउँमै बसेर कृषि गर्दै आएकी खनालले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा २०७२ असार १० गते नौलो जीवन समृद्धि अन्तरगर्त २० बर्ष अबधिको १० लाख रुपैयाँको बिमा गरेकि थिइन् ।