काठमाडौं -नेपाल प्रहरीको असईमा जागिर खुलेको छ । नेपाल प्रहरीले झन्डै छ सय संख्यामा प्रहरी माग गरेको छ। जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदहरूमा जागिर खुलेको हो।प्रहरी सहायक निरीक्षकका लागि ३६७ जना माग भएको छ भने प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको माग भएको छ।
इच्छुकहरूलाई आवेदन दिन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ। कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र आवदेन दिइसक्नुपर्नेछ। प्रहरी सहायक निरीक्षकका लागि तीन सय र प्रहरी जवानलाई एक सय ५० दस्तुर लाग्नेछ।प्रहरी सहायक निरीक्षकका लागि प्लस टु गरेको र १८ वर्ष पूरा भएर २४ वर्ष ननाघेको हुनुपर्नेछ भने प्रहरी जवानलाई एसएलसी गरेको र १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको हुनुपर्नेछ। नेपाल प्रहरी नेपालको गैर–सैनिक प्रहरी सेवा हो ।
यसको औपचारिक स्थापना २०१२ सालको ‘प्रहरी ऐन’ जारी भएपछि असोज महिनामा भएको हो । शान्ति – सुरक्षाको काममा प्रहरीलाई व्यवस्थित रूपमा परिचालन गर्ने काम सन् १९१४ देखि शुरू भएको थियो ।